• २५ कात्तिक २०८२, मङ्गलबार

बारपाक–लाप्राक सडक दुई दिन बन्द हुने

blog

गुणबहादुर रोका 
सुलीकोट, कात्तिक २५ गते ।
गोरखाको बारपाक – लाप्राक सडक दुई दिनका लागि बन्द हुने भएको छ । बारपाक सुलीकोट गाउँपालिका – १ र धार्चे गाउँपालिका – ४ लाप्राक सडक खण्डमा निर्माण तथा मर्मत कार्य गर्नु पर्ने भएकाले बारपाक सुलीकोट गाउँपालिकाले सूचना जारी गर्दे कात्तिक २५ र २६ गते सडक बन्द रहने जनाएको छ ।

पालिकाका अनुसार सडकमा पहिरो हटाउने, पर्खाल निर्माण र ग्राभेल बिछयाउने काम गर्नु पर्ने भएकाले सवारीसाधन आवागमनमा पूर्ण रुपमा रोक्नु परेको गाउँपालिकाले जनाएको छ ।

निर्माण कम्पनीले काम सम्पन्न भएपछि सडक पूर्वत् रुपमा सञ्चालनमा ल्याउने गरी काम अघि बढाएको छ । पालिकाले यो अवधि भित्र यात्रा नगर्न र अत्यावश्याक परे वैकल्पिक मार्गको खोजी गरी सवारी सञ्चालन गर्न आग्रह गरेको छ ।

सडक मर्मतपछि आवगमनमा सहज हुने र यातयात सेवा थप सुचारु हुने भएको छ । अन्त्यमा यात्रुलाई पर्न गएको असुविधा प्रति बारपाक सुलिकोट गाउँपालिकाले दुःख व्यक्त गर्दै २७ गतेबाट बारपाकदेखि लाप्राकसम्म सडक यात्रा सहज रुपमा सञ्चालनमा आउने गाउँपालिकाले जनाएको छ ।