नेपालको चारकोशे झाडीको रुपमा परिचित झापाको जलथलस्थित चारकोशे वनमा पहेँलो कुछुवा फेला परेको छ । हल्दिबारी गाउँपालिका–४ स्थित श्री पाथिभरा कालिका सामुदायिक वनमा पहेँलो कछुवा फेला परेको हो ।
कैद तथा जरिवाना निकै कम हुँदा पनि फरार प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गर्न थालेको छ । बहुबिबाह मुद्दाका किशोर भुसाललाई नौ वर्षपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेर कारागार चलान गरेको छ ।
नेपालबाट भारततर्फ लैजाँदै गरेको ३२ लाख मूल्य बराबरको चाँदी र सुन जस्तो पहेँलो देखिने साढे पाँच किलो पहेँलो धातु प्रहरीले इलामको पशुुपतिनगर चारमाईलबाट बरामद गरेको छ ।
नेपालको संविधानले प्रत्येक नेपाली नागरिकको आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकका रूपमा स्थापित गरेको छ ।
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ४४ पैसा र बिक्रीदर १३८ रुपियाँ ०४ पैसा निर्धारण गरिएको छ ।
नेपालका राजनीतिक दलले समग्र देशको अर्थ, भौतिक संरचना, विदेश, विकास तथा सुशासनबारे संयुक्त छलफल गरेको पाइँदैन । यसै गरी संसदीय दलहरूले पनि यस विषयमा अलग अलग र संयुक्त रूपमा छलफल गरेको पनि हेक्का छैन । तत्कालको सङ्कट टार्न कहिलेकाहीँ दलका शीर्ष नेताका बिच छलफल भएको देखिन्छ ।
ज्येष्ठ नागरिक समाजका अनुभवी, ज्ञानका स्रोत र आदरणीय सदस्य हुन् ।
जैविक विविधता, पर्यावरण र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसाथ ताप्लेजुङको मुक्कुलुङ क्षेत्रमा मुन्धुमी बिधिअनुसार वृक्षरोपण गरिएको छ । मुन्धुमी संस्कारअनुसार प्रकृति र प्रकृतिकी देवी ताम्भुङनासँग फेदाङमाले नागरिकको तर्फबाट माफ मागेपछि मात्र जमिन खनेर विरुवा रोप्ने परम्परा छ ।
राप्ती नदीमा माछा मार्न गएका बेला गैँडाले आक्रमण गर्दा एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२८ मेघौली सेराइ होटल पछाडी रहेको राप्ती खोलामा आइतबार राति करिब ८ बजे माछा मार्न गएका स्थानीय ६० वर्षका जंगे कुमाललाई गैँडाले आक्रमण गरेको हो ।
तत्कालीन नेकपा (माओवादी) ले २०५२ फागुन १ गते सुरु गरेको सशस्त्र द्वन्द्व २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा आएर टुङ्गियो । उक्त शान्ति सम्झौतामा उल्लेख भएको माओवादी लडाकुहरूको समायोजन र संविधान सभाबाट संविधान जारी गर्ने काम सम्पन्न भयो । शान्ति सम्झौताको दफा ५.२.५ मा मानव अधिकार उल्लङ्घन र मानवताविरुद्धको अपराधमा संलग्न व्यक्तिका बारेमा सत्य तथ्य अनुसन्धान गर्न र समाजमा मेलमिलापको वातावरण निर्माण गर्नका लागि उच्च स्तरीय
धनकुटा महालक्ष्मी नगरपालिका – ७ धरधरेस्थित जितपुर–लेगुवा सडक खण्ड छेउमा गाडिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।
स्याङ्जाको फेदीखोला गाउँपालिकाका ४६ वटा सामुदायिक वनलाई समेटेर ‘वन उद्गम सहकारी’ बनाइएको छ ।
शर्मिला बर्देवा र प्रमोद शर्माको आवाजमा ‘खै त मायाले कुरा बुझेको’ बोलको गीत सार्वजनिक भएको छ ।
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजे बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२’ सम्पन्न भएको छ । उत्सवका संयोजक तथा प्रतिष्ठानका उपकुलपति शम्भु राईले अल्पसङ्ख्यकका सङ्गीतलाई उत्सवमा प्राथमिकता दिएको बताउनुभयो ।