• २५ कात्तिक २०८२, मङ्गलबार

मधेश प्रदेश प्रमुख कर्णले लिनुभयो शपथ

blog

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुँदै मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्ण। तस्बिरः सागर बस्नेत

काठमाडौँ, कात्तिक २५ गते । मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मङ्गलबार उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । 

राष्ट्रपति कार्यालयको शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरेलसँगै संवैधानिक अङ्गका प्रमुख, उच्च पदस्थ कर्मचारी र कूटनीतिक नियोगका प्रमुखको उपस्थिति थियो ।

सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्दै कर्णलाई नियुक्तिका लागि सोमबार राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 


सरकारको सिफारिस अनुसार राष्ट्रपति पौडेलले भण्डारीलाई पदमुक्त गर्दै कर्णलाई मधेश प्रदेशको प्रमुख पदमा नियुक्त गर्नुभएको हो । नियुक्ति लगत्तै उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।