सञ्चारसम्बन्धी सरोकारवालाहरूले आम सञ्चार प्राधिकरण गठन अनिवार्य भएको बताएका छन्। उनीहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको छलफलका क्रममा उक्त सुझाव दिएका हुन्।
इजरायली सेनाको सैन्य अभियानको जवाफमा इरानले दुई रातसम्म घातक क्षेप्यास्त्र आक्रमण गरेपछि इजरायली अधिकारीहरूले आइतबार लगातार तेस्रो दिन देशको हवाई क्षेत्र बन्द गरिएको बताएका छन्।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउनुपर्ने बताउनुभएको छ।
पाँचथरमा पहिलो पटक एआई प्रविधिबाट क्षयरोग पहिचान गरिने भएको छ। फिदिम नगरपालिकाको आयोजनामा असार ३ गते पाँचथर जिल्ला अस्पतालमा एकदिने निःशुल्क क्षयरोग परीक्षण शिविर सञ्चालन हुन लागेको हो।
आदिवासी जनजाति चलचित्र महोत्सव २०८२ आउँदो असार ६ देखि ८ गतेसम्म आयोजना हुने भएको छ।
थारु समुदायका भलमन्सा (बरघर), गुरुवासहित धार्मिक अगुवाहरुलाई कानुनी सचेतना प्रदान गरिएको छ । आज कैलालीको चौमालामा कानुनी सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरेर उहाँहरुलाई कानुनी ज्ञान बाँडिएको हो ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२्०८३ का लागि ३८ अर्ब ९१ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत भइरहेको छ । आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेश सभामा बजेट प्रस्तुत गरिरहनु भएको हो ।
स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेल सामेबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।
अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै गण्डकी सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेशसभामा आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट पेश गर्नुभएको छ।
राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । विश्व संगीत दिवसको अवसरमा मञ्चले थारू भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम तथा वार्षिक साधारणसभा गर्न लागिएको राष्ट्रिय थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष विनय वैद्यले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च बढ्न नसकेकोमा चिन्ता प्रकट गर्नुभएको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबुले दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनबाट जारी भएको घोषणापत्र नेपालका लागि बङगलादेशका राजदुत मोहम्मद सफिकुर रहमानलाई हस्तान्तरण गरेको छ ।
मधेश प्रदेशमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत भएको छ । प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेश सभामा बजेट प्रस्तुत गर्नुभएको हो।
अब त, केही छैन आफ्नो । बाँकी छ त बाढीले बगाएर लगेको खेतबारीको लालपुर्जा । त्यो कसलाई देखाउनु ? कहिले वडा, कहिले पालिका । फेरि पाउने भनेको आश्वासन मात्र त हो ।