जिल्लाभरका किसानको पशुमा खोरेत रोग नियन्त्रण र उन्मूलन गर्ने उद्देश्यका साथ खोप अभियान सुरु गरिएको भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रले जनाएको छ ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी दुर्गाप्रसाद ओझाका अनुसार गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा १७ हजार १३५ ‘मेट्रिकटन’ले कमी आएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीमा रैथाने बाली फापर भित्राएर जौ र उवा लगाउन तयारीमा स्थानीय कृषक । यसबर्ष कात्तिक महिनामा हिमपातले सुख्खा जमिनलाई चिस्यानका लागि राहत मिलेको भन्दै कृषक उत्साहित छन् । तस्बिरः हरिकृष्ण शर्मा
जिल्लाका आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहका कृषि शाखाले सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार करिब १० हजार ७२८ हेक्टर क्षेत्रमा रहेका धानबालीमा क्षति पुगेको हो ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
नेपाली बजारमा मङ्गलबार एकैदिन सुनको मूल्यमा करिब चार हजार नौ सय रुपियाँले बढेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला चार हजार नौ सय रुपियाँले सुनको मूल्य बढेको हो ।
गोरखापत्रका पत्रकार प्रकृति अधिकारीलाई मातृशोक परेको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गरी अहिले देशैभर मतदाता नामावलीमा नाम दर्ता गराउने क्रम चलिरहेको छ
कञ्चनपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको बेदकोट नगरपालिका-२, दैजीस्थित शङ्कर इँटा भट्टा नजिक सडकको कल्भर्ट भित्र मङ्गलबार बिहान बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार छिमेकी तथा मित्रराष्ट्र भुटानको भ्रमणमा पुग्नुभएको छ । उहाँले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकसँग मिलेर विशाल पुनात्सङचु–२ जलविद्युत् परियोजनाको संयुक्त उद्घाटन गर्नुभएको छ । उक्त आयोजना भुटानकै सबैभन्दा ठुलोमध्ये एक हो ।
मालपोत कार्यालय लमजुङका प्रमुख रामचन्द्र अधिकारी निलम्बनमा परेसँगै कार्यालयले दिने सेवाका कामहरू प्रभावित भएका छन् ।
झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा दुई वटा मोटरसाइकल एकआपसमा जुध्दा एक जनाको मृत्यु भएको छ ।
यहाँको मोदी गाउँपालिका–६, दराकमा कागारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मोदी–६, दराकका ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया श्रीमती सीतालाई गए राति कुटपिट गरी हत्या गरेका हुन् ।
बडिगाड गाउँपालिका–७ भिमगिठे भन्ने स्थानमा रहेको भिमगिठे स्वास्थ्यचौकीको भवन निर्माणका लागि चार करोड सात लाख बजेट उपलब्ध गराउने भारतीय राजदूतावास र बागलुङको बडिगाड गाउँपालिकाबिच सम्झौता भएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती तीन महिनामा लमजुङमा सरकारी कार्यालय र स्थानीय तहले गरी कुल २४ प्रतिशत बजेट खर्च गरेका छन् । चालु वर्षको साउनदेखि असोज मसान्तसम्म उक्त बजेट खर्च भएको हो ।