नेपाली खाना प्रवर्धन गर्न असार १५ गते राजधानीमा सङ्गीतसहितको ‘भोजनलिपि स्वाद–४’ को आयोजना गरिने भएको छ । नेपाली खाना प्रवर्धन अभियानद्वारा आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सेफ घनश्याम कँडेलले धान दिवसको अवसर पारेर नेपाली कृषकले उत्पादन गरेका दुधजन्य र हरिया फलफूल, चामललगायतका पदार्थ मिसाएर मौलिक खानाको कलात्मक प्रचारप्रसार गरिने जानकारी दिनुभयो ।
साहित्यकार सुवर्णकेशरी चित्रकार र गायक जुजुकाजी रञ्जितले गणेश देवी स्मृति पुरस्कार–२०८२ प्राप्त गर्नुभएको छ ।
कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा करिब पाँच प्रतिशत बढी हो ।
चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा १० खर्ब २७ अर्ब ६६ करोड ९७ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । गत वर्ष सो अवधिमा नौ खर्ब ३९ अर्ब ४८ करोड १२ लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो ।
डेडिकेटेड तथा ट्रङ्क लाइन महसुल विवादमा रहेका अधिकांश उद्योग नेपाल विद्युत् प्राधिकरणमा प्रशासकीय पुनरवलोकनका लागि आवदेन दिएका छन् । प्राधिकरणले गत वैशाख ३० गते सूचना प्रकाशन गरी जेठ मसान्तभित्र प्राधिकरणको सम्बन्धित शाखा कार्यालयमा आवदेन दिन समयसीमा दिएको थियो ।
हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका–३ उनापानीको औलवस्तिमा भिषण आगलागी भएको छ । उनापानीको औलवस्तिमा आइतबार रातिबाट सुरु भएको आगलागी सोमबार बिहान बजेसम्म नियन्त्रणमा आउन सकेको छैन ।
पछिल्लो समय ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैङ्कहरूले असारका लागि पनि घटाएका छन् ।
उमेर नपुगी ज्येष्ठ नागरिक तथा अन्य सामाजिक सुरक्षा भत्ता वितरण गर्ने र लिने १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नेपाल निजामती कर्मचारी सङ्गठनले सरकारी निकायमा करार सेवाका कर्मचारी राख्ने व्यवस्था अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
जातीय भेदभाव तथा छुवाछूतविरुद्ध लड्न वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा भएको छ । ऐतिहासिक राष्ट्रिय दलित गोलमेच सम्मेलनले २१ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार तेस्रो साताभित्र प्रकाशन गर्ने भएको छ ।
हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले मधेश प्रदेश सभाको पाँचौ अधिबेशनको आइतबार बसेको प्रदेशसभाको १० औं बैठकमा मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८२–८३ का लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर एक रुपियाँले वृद्धि भएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपियाँले वृद्धि भएको छ ।
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दराज काफ्लेले आर्थिक वर्ष २०८२/८३ वार्षिक बजेट प्रस्तुत गर्नु भएको छ ।