ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएका छन् । फ्लाइओभरको मुख्य संरचना निर्माण सकिएसँगै अब सवारीसाधन सञ्चालनको तयारी गरिएको सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानाडा र युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट पछिल्लो एक महिनामा झण्डै २४ लाख रुपियाँ भेटी सङ्कलन भएको छ । जेठ महिनामा २३ लाख ९५ रुपियाँ भेटी सङ्कलन भएको हो ।
अछामको चौरपाटी गाउँपालिका– ७ मार्कुमा चट्याङ पर्दा एक महिला घाइते भएकी छन् भने तीन वटा बाख्रा मारेका छन् । आइतबार राति करिब २ बजे हर्कबहादुर बोगटीको घरमा चट्याङ परेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयन अनुभवका आधारमा सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्थाहरूमा सुधार, सङ्गठनात्मक संरचनामा सबलिकरण तथा थप सेवा विस्तार गरी चुरे संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
बलान बिहुल गाउँपालिकालाई केन्द्रीय विपद् व्यवस्थापन समितिले ५० लाख बजेट उपलब्ध गराएको छ ।
वराहक्षेत्रमा नगरपालिका वडा नं २ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा उक्त हात्ती आज बिहान मृत अवस्थामा फेला परेको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।
मकवानपुर प्रहरीले इटालियन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरको राक्सिराङ गाउँपालिका–१ बस्ने राजु स्याङ्तानलाई लागुऔषध, इटालियन पेस्तोल र गोलीसहित पक्राउ गरी सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
सर्केगाड गाउँपालिका–३ को उनापानीमा लागेको आगो नियन्त्रणमा आएको छ ।
भौगोलिक रुपमा विकट मानिने भोजपुरको षडानन्द नगरपालिका– १० साम्पाङमा केन्द्रीय विद्युत् विस्तार भएको छ । विगतमा टुकी बत्तीको भरमा रात कटाउदै आएका यहाँका ८५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् विस्तार भएको हो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको सोमबार बिहान उपचारका क्रममा ९० वर्षको उमेरमा निधन भएको छ ।
मुना मासिकको यस अङ्कमा हामी वनस्पति, वन्यजन्तु र चराचुरुङ्गीको विविधताको धनी मकालु वरुण राष्ट्रिय निकुञ्जबारे जानकारी लिने छौँ । सोलुखुम्बु र सङ्खुवासभामा फैलिएको यो राष्ट्रिय निकुञ्ज मकालु हिमालको नामबाट नामकरण गरिएको हो ।
जिल्लाको भिरकोट नगरपालिकामा चट्याङ लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा भिरकोट नगरपालिका–९ सेलबास बस्ने ४६ वर्षीय देउबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
जेठ दोस्रो सातादेखि बेलाबेला पानी पर्दा किसानलाई धान रोपाइँमा सहज भएको छ । असार सुरु हुँदा जिल्लामा १८ दशमलव ३२ प्रतिशत रोपाइँ भएको छ ।
राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापनाले अवसर पारेर आज एघारौं चुरे संरक्षण दिवस मनाउँदै छ ।