• २६ कात्तिक २०८२, बुधबार

मधेशमा झडप : नेता कार्यकर्ता घाइते

blog

घाइतेको अवस्था बुझन गएका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलसहितका नेताहरु ।

धर्बेन्द्र झा 

जनकपुरधाम, कात्तिक २५ गते । मधेश प्रदेशका मुख्यमन्त्रीको नियुक्तिको विषयलाई लिएर विरोधमा उत्रेका प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झडप भएको छ । भडपमा कैयौं घाइते भएका छन् ।

जसपा नेपाल मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवका अनुसार घाइते मध्ये ज्ञानेन्द्र झा, रामविनोद चौधरी र विरेन्द्र यादव गम्भीर घाइते भएका छन् । घटनाको क्रममा नागरिक दैनिकका पत्रकार सुरेन्द्र यादव समेत घाइते भएका छन् ।

घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था बुझन प्रादेशिक अस्पताल पुग्नुभएका निवर्तमान मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) र जसपा नेपाल मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले घटनाको निन्दा गर्नुभएको छ ।

शान्तिपूर्ण रुपमा धर्नामा बसेका नेता कार्यकर्ता माथि प्रहरीले बल प्रयोग गरेको उहाँहरुको आरोप छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरका अनुसार आन्दोलनमा रहेका नेता कार्यकर्ताहरुले प्रदर्शन गर्दै प्रहरीमाथि ढुंगा प्रहार गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सामान्य बल प्रयोग गरेको हो ।