सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी अस्पतालले ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत पहिलो चरण (सुर्खेत उपत्यकास्थित प्रहरी युनिटहरू)का आज र हिजो उक्त कार्यक्रम सञ्चालन भएको हो ।
लहान वडा नम्बर १९ का किसुनदेव महतो तरकारीको बेर्ना बेचेरै लाखौँ आम्दानी गर्न सफल हुनुभएको छ । जतिबेला पनि तरकारीको बेर्ना उत्पादनमै लागि रहने महतो विदेशभन्दा बढि कमाइ भइरहेकोमा हर्षित देखिनुभएको छ ।
जलवायु परिवर्तनले विश्वलाई प्रतिकूल प्रभाव पारिरहेको छ । औद्योगिक क्रान्तियता विश्वभर जैविक इन्धनको व्यापक प्रयोगले कतिपय मुलुकले विकासको चरम सीमा हासिल गरे । प्राकृतिक स्रोतसाधनको अति दोहनबाट
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
सरकारले व्यक्तिगत घटना दर्ता नियमावली २०७७ संशोधन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ ।
अचेल निजामती प्रशासन निकै आलोचित छ । कतिपय आलोचना निजामती कर्मचारीको व्यवहारबाट भएको छ तर यसको कारण निजामती कर्मचारी मात्र नभएर उनीहरूको राजनीतिक कार्यकारी पनि हुन् ।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नं २ घमीमा शीतोष्ण बागवानी विकास केन्द्रको सेटलाईट फार्म स्थापना गरिएको छ ।
बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास एवम् उचित व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण रहेको नेपाल राष्ट्र बैकले गरेको अध्ययनमा देखिएको छ ।
लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्ने मुख्य माध्यम नै निर्वाचन हो । निर्वाचन लोकतन्त्रको एक मात्र आधार हो । यही भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको उपलब्धिलाई साकार पार्न आगामी फागुन २१ गते आमनिर्वाचन हुँदै छ ।
१. संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) द्वारा ‘सङ्गीतको सिर्जनात्मक सहर’ को रूपमा घोषित नेपालको सहर कुन हो ? ललितपुर महानगरपालिका
गुल्मीमा करिब एक सय घरधुरी रहेको वस्तीका लागि एक घर एक धाराको सपना बसौँदेखि अधुरो बन्दै गएको छ ।
वैदेशिक रोजगारीको सामाजिक लागत १. वैदेशिक रोजगारीको सामाजिक लागतबारे चर्चा गर्दै वैदेशिक रोजगारीबाट फर्केकाहरूको पुँजी र सिपलाई उपयोग गरी मुलुकको आर्थिक समुन्नतिमा योगदान गर्न के गर्नुपर्ला ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।
जिल्लाकै पहाडी क्षेत्र समेटिएको इच्छाकामना गाउँपालिका वडा नम्बर २ हपनीस्थित भित्री सडक खण्डमा कृषि एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले १२० दिनभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु गर्न सहमति जनाएको छ ।
मोरङको पथरीशनिश्चरे–३ स्थित महिला जागरुक हरिकीर्तन तथा सङ्गिनी समूहले हराउँदै गएको सांस्कृतिक धरोहर सङ्गिनी नाचलाई पुनर्जीवित गर्ने अभियान थालेको छ ।