मायरा थापा र कृष्ण गुरुङले लिटिल मिस एन्जल नेपाल र लिटिल मास्टर नेपाल–२०२५ को उपाधि जित्नुभएका छ ।
नाम्खा गाउँपालिका– ४ को सिङ्गो याल्वाङ गाउँ माटोको छाना विस्थापित भएका छन् । बस्तीका सबै घरधुरीहरू माटोका छाना भएका घरहरू नयाँ निर्माण गरेर जस्तापाताले छापेपछि माटोको छाना विस्थापित भएका हुन ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले खेलबाट स्वस्थ्य जीवन र स्वच्छ समाज प्रवर्द्धन गर्नका लागि सहयोग पुग्ने बताउनुभएको छ ।
काठमाडौँको तीनकुनेमा रहेको एक कम्पनीका शेयरधनी तथा सञ्चालकहरुले अष्ट्रेलियामा सर्भर राखेर मिलेमतोमा करोडौँको कर छली गरेको पाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ८० अङ्कले बढेर दुई हजार छ सय ५८ दशमलव ६६ विन्दुमा कायम भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ८० अङ्कले बढेर दुई हजार छ सय ५८ दशमलव ६६ विन्दुमा कायम भएको हो ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध तथा पछिल्लो समय यसबाट विकसित परिस्थितिका बारेमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिनुभएको छ ।
धादिङमा गाई–भैँसीमा देखिने लम्पी स्किन रोग नियन्त्रण गर्न खोप अभियान सुरु गरिएको छ ।
कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको बजेट यथार्थपरक र सन्तुलित रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) का सांसद पदम गिरीले सरकारले अनुशासनको सीमाभित्र रहेर बजेट ल्याएको बताउनुभएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
लमजुङका वैदेशिक रोजगार पीडितहरूले करिब दुई करोड रुपियाँ आर्थिक सहायता पाएका छन् । जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको आप्रवासी स्रोत केन्द्रले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका पीडितलाई उक्त आर्थिक सहयोग उपलब्ध गराएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादकत्व वृद्धि र रोजगारी सृजना गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्ने बताउनुभएको छ ।
समृद्धिको प्रमुख आधार मानिएको पूर्वाधार क्षेत्रको विकासमा गुणात्मक फड्को मार्न संसदीय निगरानीलाई बृहद् बनाउनुपर्नेमा जोड दिइएको छ ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–६ रेशमकोठीबाट असार १ गते लुकाई छिपाई राखेको करिब २२ लाख ७१ हजार रुपियाँ बराबरको लत्ताकपडा बरामद भएको छ ।
स्याङ्जाको वालिङमा आयोजना गरिएको महायज्ञबाट एक करोडभन्दा धेरै रुपियाँ बचत भएको छ । वालिङमा रहेको केदारनाथ मन्दिर क्षेत्रलाई शिवधामको रुपमा विकास गर्न भन्दै गत वैशाख १७ गतेदेखी २३ गते वालिङ खेल मैदानमा महायज्ञ आयोजना गरिएको थियो ।