• २५ कात्तिक २०८२, मङ्गलबार

बेवारिसे अवस्थामा भरुवा बन्दुक फेल

blog

प्रहरीले फेला पारेको भरुवा बन्दुक । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) कात्तिक २५ गते ।
धनकुटाको पाख्रीबास नगरपालिका–१०, स्थित चुङमाङमा बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको छ । बेवारिसे अवस्थामा झाडी भित्र लुकाई राखिएको अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको हो ।

धनकुटाको हिलेस्थित प्रादेशिक प्रहरी चौकीबाट खटिएको प्रहरी नायब निरीक्षक चिरञ्जीवी खड्काको नेतृत्वमा खटिएको टोलीले गस्ती गर्ने क्रममा उक्त बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बारुद तथा गोली भने केही पनि नभएको अवस्थामा झाडीभित्र लुकाई राखिएको भरुवा बन्दुक भेटिएको हो । उक्त फेला परेको बन्दुक जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।