निर्माण सुरु भएको पाँच महिनाभित्रै बुटवल–गोरुसिङ्गे सडक आयोजनाको करिब १० प्रतिशत काम सम्पन्न भएको छ । बुटवल–गोरुसिङ्गे सडक आयोजनाका अनुसार उक्त सडकखण्डमा ३० वटा नयाँ पुल बन्दै छन्, जसमा १७ वटाको फाउन्डेसनको कामसमेत सम्पन्न भइसकेको छ ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि आइतबार बजेट प्रस्तुत गर्ने भएको छ । प्रदेश सभा सचिवालयद्वारा सार्वजनिक सम्भावित कार्यसूची अनुसार आइतबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको १३ औँ बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ । मन्त्री कार्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पनि सभामा पेस गर्नुहुने छ ।
जिल्लाका सात वटै गााउँपालिका यतिबेला योजना तर्जुमामा जुटेका छन् । असार १० गते आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम गाउँ सभामा पेस गर्नुपर्ने भएपछि सबै गाउँपालिका योजना तर्जुमा गर्न जुटेका हुन् ।
सिमकोट–हिल्सा सडकको च्याछरा खण्डमा शरीरमा डोरी बाँधेर जोखिमपूर्ण तरिकाले श्रमिकले काम गरिरहेका छन् । भिरको छेउ र तल कर्णाली नदी बगिरहेको अवस्थामा अन्य विकल्प नभएपछि कामदारमध्ये दुई जनाले शरीरमा डोरीले बाँधेर प्वाल खोप्ने जस्तो जोखिमपूर्ण काम गरिरहेका छन् ।
मौसमजन्य विपत्बाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाको शिवालय गाउँपालिकामा कृत्रिम घटना अभ्यास गरिएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कालीकोटमा कुपोषणग्रस्त बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । कर्णाली प्रदेश सरकारले बालबालिकामा देखिने कुपोषण अन्त्य गर्न करोडौँ रकम खर्च गरे पनि कुपोषित बालबालिकाको सङ्ख्या घट्न अझै सकेको छैन ।
कोहलपुर नगरपालिका वडा नं १ का ८६ अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा ९लालपुर्जा० वितरण गरिएको छ ।
शनिबार दिनभरको टन्टलापुर घाम । ढोल, झ्याम्टाको तालसँगै साकेला गीतले गुञ्जयमान वातावरण । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको माटीकोरे खेलमैदानमा भरिभराउ मानिसको भीड ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक सय शय्यामा स्तरोन्नति भएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ ।
गुजरातको अहमदाबाद विमानस्थल नजिकै बिहीबार भएको एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २ सय ७४ पुगेको छ । जसमा ३३ जनाको जमिनमै मृत्यु भएको पुष्टि भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात सुरु गरेको छ ।