वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै स्वरोजगारसँग जोड्न धनुषाको जनकनन्दनी गाउँपालिकाले ५० हजार रुपियाँ अनुदान दिने भएको छ । विदेशबाट फर्किएका तथा रोजगारी गर्न चाहने युवालाई स्वरोजगारमा आकर्षित गर्ने उद्देश्यले गाउँपालिकाले यस वर्ष अनुदान रकम दिन लागेको हो ।
मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गतको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा घाइते भएका तीन मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेका छन् ।
चालु आर्थिक वर्ष २०८१/८२ का लागि स्टार्टअप उद्यम कर्जा वितरण सुरु भएको छ । स्टार्टअप उद्यम कर्जाका लागि छनोट भएका ६६१ जनामध्ये ८१ जना उद्यमीले नौ करोड सात लाख रुपियाँ लिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ । त्यस्तै एक सय जनाले कर्जा लिन खाता खोलेको प्रतिष्ठानले जनाएको छ ।
गुल्मीको ग्वादी र थोर्गा गाउँ देख्दा मात्रै नजिक थिए । तालखोलाका कारण आउजाउ गर्न डेढ घण्टा लाग्थ्यो । खोला र जङ्गलका कारण निकै सास्ती खेपे स्थानीयले । २०४२ सालमा ऋषिबहादुर विक र नेउसी विक बाबुछोरीलाई तालखोलाले बगाउँदा मृत्यु भयो ।
सभामुख देवराज घिमिरेले निर्वाचन पद्धति र शासकीय विधिका बारेमा विवेचना गरेर राजनीतिलाई स्थायित्व हुने गरी संविधान संशोधन हुनुपर्ने जिकिर गर्नुभएको छ । उहाँले निर्वाचन पद्धति र शासन प्रणालीबारे फराकिलो दायरामा बहस हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रदेशस्तरबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ । संसदीय समितिमा छलफलका क्रममा रहेको विद्यालय शिक्षा विधेयकका सम्बन्धमा मन्त्रालयले आफ्नो धारणासहितको प्रतिवेदन पेस गर्दै यस्तो प्रस्ताव गरेको हो ।
बिरामीलाई बचाउनका लागि स्वयंसेवी रक्तदाताले निःशुल्क रूपमा रक्तदान गर्ने गर्दछन् तर त्यो रगतलाई विभिन्न शीर्षकमा शुल्क तिर्नुपर्ने बाध्यता छ ।
कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको पुनर्वास नगरपालिका –३ हुलाकी सडक छेउमा अन्दाजी ४५ वर्षीय एक पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
सङ्घीय संसद् सचिवालयको रिक्त सचिवालय सचिवमा सुरजकुमार दुराको बढुवा भएको छ । सभामुखको अध्यक्षतामा आज बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले दुरालाई सचिवालय सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
इरानले आणविक अस्त्र विकास गर्न खोजिरहेको आशङ्काका बीच इजरायलले इरानमाथि गरेको आक्रमणले इरानको आणविक केन्द्रलाई निशाना बनाएको छ ।
भारत सरकारले नेपालका विभिन्न जिल्लामा स्वास्थ्य सेवा सुदृढीकरणका लागि ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ।
सङ्घीय संसद् सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीश र एकजना न्यायपरिषद् सदस्यको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ।
ताप्लेजुङको सदरमुकाम अवस्थित फुङ्लिङ नगरपालिका–११ फावाखोलाका स्थानीयले सामाजिक सुरक्षा भत्ता वडाबाटै पाउनुपर्ने माग गरेका छन्। नगरपालिकाकै दुर्गम वडाको रुपमा रहेको फावाखोलाका लाभग्राहीले सामाजिक सुरक्षा भत्ता बापतको रकम वडाबाटै पाउनुपर्ने माग गरेका हुन्।
पोखरा रङ्गशालाको क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा स्याङ्जाले सहज जित निकालेको छ।
मेची राजमार्गमा पर्ने हेवा खोलामा निर्माणाधीन बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुग्नासाथ खसेको छ ।