कम्बोडियासँगको सीमा नजिकै भएको विस्फोटमा दुई थाई सैनिक घाइते भएपछि थाइल्यान्डले सोमबार छिमेकी कम्बोडियासँगको सिमा बिबाद अन्त्येको लागि गरिएको शान्ति सम्झौताको कार्यान्वयन स्थगित गर्ने घोषणा गरेको छ ।
निमित्त मेसु डा.दिलिप साह माथि आइतबार राति हातपात भएपछि अस्पतालका आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको हो ।
अमेरिकी इतिहासमा सबैभन्दा दीर्घकालीन सरकारी सटडाउन ४० औँ दिनमा पुग्दा आइतबार दुर्लभ सप्ताहन्त सत्रका लागि आइतबार सिनेट पुनः बसेको छ ।
सरकारी स्वास्थ्य संस्थामार्फत सेवा लिने सेवाग्राहीहरूको सङ्ख्या बढ्दै गएको छ ।
म्याग्दीको धवलागिरि गाउँपालिका–१, गुर्जामा पशुचौपायालाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यसाथ पशुचौपायामा पूर्ण खोपसम्बन्धी अभिमूखीकरण तथा सचेतनामूलक कार्यक्रम गरिएको छ ।
इन्डोनेसियाका दिवङ्गत पूर्व राष्ट्रपति तथा सैन्य शासक सुहार्तोलाई सोमबार आयोजित विशेष समारोहमार्फत राष्ट्रिय नायकको रूपमा घोषणा गरिएको छ ।
पोखरा महानगरकाे वडा–९, नयाँबजारमा रहेको गण्डकी प्रदेश सङ्ग्रहालयमा कोसेलीघर बन्ने भएको छ । प्रदेशको सांस्कृतिक विविधता र मौलिक पहिचान झल्काउने कोसेलीघर सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे शिलान्यास गर्नुभएको हो ।
रौतहट गौर नगरपालिका–५, बरहवा पुलस्थित बरहवा खोलामा बेपत्ता भएका युवकको दुई दिनपछि शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
फङ-वोङ चक्रवातले यस हप्ताको अन्त्यमा ताइवानमा अवतरण गर्ने जनाइएको छ । जसका कारण अधिकारीले सावधानीका लागि विद्यालय तथा कार्यालय बन्द गर्न आदेश दिएका छन् ।
गुर्जा गाउँ सुन्दर छ । धवलागिरी गाउँपालिका–१ नम्बर वडामा पर्ने गुर्जा गाउँ छन्त्याल जातीको बसोबास रहेको छ । यहाँ अझै पनि छन्त्याल जातीको मौलिक कला संस्कृति जिवित छ ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर)ले जलवायु परिवर्तनको कारण विश्वभर लाखौं मानिस विस्थापित भएको पुष्टि गरेको छ ।
दार्चुलामा आज दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ ।
फ्रान्सको एक अदालतले सोमबार पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई जेलमुक्त गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय सुनाउने अपेक्षा गरिएको छ ।
इक्वेडरको दक्षिणपश्चिमी सहर मचालास्थित जेलमा आइतबार भएको हिंसात्मक दङ्गामा कम्तीमा ३१ कैदीको मृत्यु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालले जिल्ला डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–५, खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नति कार्यमा ठेक्का प्रक्रियामा मिलेमतो गरी आर्थिक अनियमितता गरेको पाइएकाे छ ।