कालीकोट जिल्लाको सदरमुकाम जोडिएको खाँडाचक्र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत यथाशिघ्र पठाउन सर्वत्र आवाज उठेको छ ।
गण्डकी प्रदेशसभा बैठक आज बस्दैछ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाकक्षमा दिनको १ बजे बैठक बस्ने प्रदेशसभा सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशमा भएको ‘अ–राजनीति’ दुःखद भएका बताउनु भएको छ ।
जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाले सोमबारबाट कोल्टी आधारभूत अस्पतालमा तीन दिने निःशुल्क स्वास्थ्य शिविरको सञ्चालन गरेको छ ।
गोरखाको सहिद लखन गाउँपालिकाले सोमबार सार्वजानिक बिदा दिएको छ । गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने नेपालकै प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा गुठी पञ्चमीको अवसरमा विशेष पूजा तथा मेला लाग्ने भएकाले आज बिदा दिने निर्णय गरिएको हो ।
नेपालको अग्रणी डिजिटल सेवा प्रदायक हाम्रो पात्रोले सोमबारदेखि घरमै फ्लु (इन्फ्लुएन्जा) खोप सेवा औपचारिक रूपमा सुरु गरेको छ ।
कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बोर्डले आइतबार साँझ पूरक परीक्षाको नतिजा प्रकाशित गरेको हो ।
असोज र कात्तिक शरद ऋतु हुन् । शरद ऋतु भन्ना साथ रातमा टह टह जून लागेको अर्थात् जुनेली रातको याद आउँछ । शरद ऋतुमा आकाश सफा हुने भएकोले आकाशीय पिण्ड राम्ररी देख्न सकिन्छ । त्यसैले यो स
बाल सुधारगृह विराटनगरबाट पटक पटक भाग्ने तथा उत्छृङ्खल गतिविधिमा नियन्त्रण नभएका ६० जना बाल बिज्याइँकर्तालाई अन्यत्र सार्ने तयारी गरिएको छ । त्यसरी अन्यत्र सार्ने तयारी गरिएकामा २० वर्षभन्दा माथिको उमेर समूहका छन् ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले मधेश प्रदेशको अस्मिता र संविधानमाथि प्रहार भएको भन्दै कडा आपत्ति जनाउनुभएको छ ।
मोरङको रङ्गेली नगरपालिकासँग सीमा जोडिएको भारतीय भूमिमा केही दिनयता देखिँदै आएको हाइना (हुँडार) नेपालतर्फ प्रवेश गरेको आशङ्का गरिएको छ । मोरङको रङ्गेली नगरपालिका–५, आँपगाछी तथा धनपति क्षेत्रमा शनिबार साँझ स्थानीयले हाइना देखेको भने पनि सरकारी संयन्त्रले त्यसको पुष्टि गर्न सकेको छैन ।
मुस्ताङको लोमान्थाङ गाउँपालिकामा–१,छोसेरस्थित नेचुङमा अध्यागमन(इमिग्रेसन) कार्यालयबाट सेवा प्रवाह सुरू गरेपछि गृह सचिव रामेश्वर दङ्गाल सहितको टोलीले उपल्लो मुस्ताङको निरीक्षण गर्नुभएको छ ।
चीनको स्वाशासित क्षेत्र तिब्बतको न्यालम भन्सारले तातोपानी नाका आउन लागेका मालबस्तु बोकेका कन्टेनरहरु जाँचपास गर्न ढिलाइ गरेका कारण अझै सोही क्षेत्रमा ६ सयभन्दा बढि कन्टेनर उतै रोकिएका छन् ।
गत असोज १८ गते राति गएको पहिरोका कारण इलामका धेरै खानेपानीका मुहान र आयोजनामा क्षति पुुगेपछि विपत्मा पीडित परिवार अहिले खानेपानीको समस्यामा परेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनले संविधानलाई सही मार्गमा ल्याउने बताउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत निर्वाचनबाटै नयाँ संसद् र यसले संविधानलाई सही मार्गमा ल्याउने उल्लेख गर्नुभयो ।