आर्थिक वर्ष २०८२/८३ को बजेटले युवा पुस्तालाई हेर्ने दृष्टिकोणमा महत्वपूर्ण परिवर्तन ल्याएको छ ।
परोहा नगरपालिका रौतहटले सिँचाइका लागि किसानहरूले प्रयोग गरेको विद्युत् मिटरको शुल्क बुझाएपछि किसानहरु हर्षित भएका छन् ।
विद्यालय तहपछि विशेष गरी कलेज, विश्वविद्यालय, तथा अन्य उच्च शैक्षिक संस्थाबाट लिने र दिने शिक्षालाई उच्च शिक्षा भनिन्छ । यस तहको शिक्षामा खास विषयमा विशिष्ट अध्ययन गरी व्यावसायिक ज्ञान सिप हासिल गरिन्छ । उच्च शिक्षा प्राप्त गर्ने जनशक्तिले खोज अनुसन्धान गर्दै विश्लेषणसहित
ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित पहिरोग्रस्त क्षेत्रमा बाँसको बिरुवा वितरण गरिएको छ । पहिरोग्रस्त क्षेत्र वडा नम्बर ३ र ४ साँघुमा गाउँपालिकाले ‘मोसो’ प्रजातिको बाँसको बिरुवा वितरण गरेको हो ।
इतिहासकार स्व. ज्ञानमणि नेपालद्वारा लिखित ‘अतीतका स्मृति र अनुभूति : विश्वेश्वरदेखि विभूतिसम्म’ नामक पुस्तकको विमोचन गरिएको छ । नेपाल बार एसोसिएसनमा शुक्रबार आयोजित कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल, सर्वोच्च अदालतका पूर्वन्यायाधीश आनन्दमोहन भट्टराई र वरिष्ठ अघिवक्ता कृष्णप्रसाद भण्डारी गुरुदेवले संयुक्त रूपमा पुस्तकको विमोचन गर्नुभयो ।
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीस माथि इजलास कक्षमा दुर्वयवहार भएपछि पर्सा प्रहरीले अदालत परिसरमा सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ ।
कवि तथा पत्रकार श्याम रिमालको छैटौँ कृति ‘हिमाल त कालै भएछ’ सार्वजनिक भएको छ । नेपाली नाटकका प्रणेता गोपालप्रसाद रिमालको १०८ औँ जन्मजयन्तीका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा कृतिको लोकार्पण गरिएको हो ।
नेपाल गुणस्तर तथा नापतौल विभागले खाना पकाउने एलपी ग्यासको सिलिन्डरमा प्रयोग गरिने एलपिजी रेगुलेटर मापदण्डविपरीतको भेटिएपछि बिक्रीमा रोक लगाएको छ । विभागको अनुगमन टोलीले अनुगमनका क्रममा काठमाडौँको महाबौद्धमा रहेको महाराजा टे«डर्समा गुणस्तर चिह्न (एनएस) नलिएका रेगुलेटर बिक्री गरेको भेटिएपछि उक्त पसलमा रहेका रेगुलेटर बिक्रीमा रोक लगाएको हो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि आवश्यक कार्यविधि तयार गर्न निर्देशन दिनुभएको छ ।
विश्व बैङ्क समूहले नेपाल साझेदारी कार्यढाँचा (कन्ट्री पार्टनरसिप फ्रेमवर्क फर नेपाल–२०२५–२०३१) सार्वजनिक गरेको छ । आगामी सात वर्षका लागि नेपालमा विश्व बैङ्क समूहको प्रस्तावित रणनीतिक साझेदारी तथा सहकार्यको योजनासहित कार्यढाँचा ल्याइएको हो ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ४४ पैसा र बिक्रीदर १३८ रुपियाँ ०४ पैसा निर्धारण गरिएको छ ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा विश्वनाथ पौडेलले मुलकमा उद्यमशीलताको विकासका लागि राष्ट्र बैङ्कले सहजीकरण गर्दै जाने बताउनुभएको छ । उद्यमीहरूको विकासमा नेपाल राष्ट्र बैङ्कले सहजीकरण गर्ने बताउनुभएको छ ।
हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बैङ्किङ क्षेत्रको सुधारका लागि नेपाल राष्ट्र बैङ्कले बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ । बैङ्किङ क्षेत्रका विद्यमान समस्या समाधानका लागि सुझाव दिन नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्कीको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलका सदस्यमा बैङ्कर भुवन दहाल र राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल रहनुभएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले लोपोन्मुख भाषाको संरक्षण संवर्धनमा राज्य संवेदनशील हुनुपर्ने बताउँदै मातृभाषा बलियो भए राष्ट्र बलियो हुने बताउनु भएको छ ।