बागमती प्रदेश सरकारले खास उद्देश्यले निर्माण गरेका केही आयोजना सञ्चालन हुन नसक्दा ठुलो लगानी जोखिममा परेको छ । ठोस योजना र कार्यविधिबिना आयोजनामा ल
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको वार्षिक कार्यक्रमको समीक्षा तथा चालु आर्थिक वर्षको खर्च सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । विशेष गरी स्वास्थ्य कार्यालयले खोपको सुरक्षा, वितरण र भण्डारण, सुरक्षित मातृत्व, एम्बुलेन्स सेवा, सबै पालिकाको स्वास्थ्य शाखा, अस्पताल र स्वास्थ्य चौकीका प्रमुखसहित सबैलाई तालिम दिने काम गर्छ । त्यसबाहेक मातृशिशु स्वास्थ्य, गर्भपतन सेवा, औषधीको उपलब्धतालगायतको अनुगमन पनि गर्ने गरेको छ ।
सहकारी ठगीको आरोप लागेका विष्णुबहादुर बमरेललाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । पाल्पाको रम्भा अन्तर्गत हुमिनको लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको झन्डै तीन करोड रुपियाँ हिनामिना गरेको आरोप लागेका बमरेललाई जिल्ला अदालत पाल्पाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
वितरण केन्द्रले लामो समयदेखि विद्युत महसुल नतिरेका १८२ जना ग्राहकको लाइन काट्दै एक करोड ३४ लाख ६२ हजार ४२० रुपियाँ बक्यौता असुली गर्ने प्रक्रिया अघि बढाइएको वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले बताउनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रुपन्देही र बाँकेमा मतदाता नाम दर्ता गराउनेको भिड तीव्र रूपमा बढिरहेको छ । जिल्लास्थित निर्वाचन कार्यालयहरूमा दैनिक जसो नयाँ मतदाता बन्नका लागि लाइन लाग्ने गरेका छन् । जसमा अधिकांश नयाँ पुस्ताका युवा रहेका छन् ।
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उक्त प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । वेल्ट हङ्गर हिल्फेको सहयोगमा जैविक विविधता तथा अनुसन्धानका लागि स्थानीय पहल (लिबर्ड)द्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित उक्त प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री शाहले ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक गर्दा नेपाल र त्यसमा कर्णालीले सुधार्नुपर्ने कुरा मार्गनिर्देशन भएको बताउनुभयो ।
विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
निर्माण व्यवसायीको लापर्वाहीले जीर्ण बनेको यहाँको काठेखोला गाउँपालिका–७ रेश जाने चार किलोमिटर सडक छ पटक ठेक्का म्याद थपेपछि कालोपत्र थालिएको छ । कोरोना, आर्थिक संकट र भुक्तानी जस्ता समस्या देखाउँदै निर्माण व्यवसायीले सडक कालोपत्र गरेका थिएनन् ।
तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । पाँच खपन जलविद्युत् प्रालिले निर्माण गर्न लागेको छ दशमलव ८४ मेगावाट क्षमताको सो आयोजनामा दुई वाणिज्य बैंकले रु ९८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्र गर्ने योजना सुरु भएको हो ।
नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा दुई महिना पहिलेनै निर्माण सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीले जनाएको छ ।
गत भदौ २३ गते काठमाडौँमा जेनजी समूहको आन्दोलनमा गोली लागेर घाइते भएका दैलेख नारायण नगरपालिका–८, तर्ताङका २९ वर्षीय प्रकाश बोहोरा राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत हुनुहुन्छ । गत भदौ २३ गते संसद् भवनअगाडिको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर उहाँ ढल्नुभएको थियो । उहाँको बायाँ खुट्टामा गोली लाग्दा गम्भीर चोट पुगेको थियो । त्यहीबेला उहाँले लगाएको सेतो रङको जुत्ता भिडभाडमा छुटेको थियो । रगत लतपतिएको उहाँको त्यो जुत्ता जेनजी विद्रोहको ‘आइकन’ बन्यो र अझै पनि चर्चा सेलाएको छैन ।