लुम्बिनी प्रदेश सरकारले आइतबार लुम्बिनीका चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । भूम्या पूजाको अवसरमा चार जिल्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
रुपन्देहीका नदीबाट अवैध रूपमा नदीजन्य पदार्थको दोहन बढेको भन्दै राजनीतिक दलले रोक्न माग गरेका छन् ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीदेखि बर्दघाट नगरपालिकाको नारायणचोक जोड्ने हुलाकी सडकखण्डमा एकै पटक चार वटा पुलको निर्माण सम्पन्न भएको छ । हुलाकी सडक निर्माण सुरु भएको एक दशकपछि बल्ल पुल निर्माण भएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
दाङमा एक लाखभन्दा बढी घरपरिवारमा पाइप लाइनमार्फत धारा विस्तार गरेर पानी पु¥याइएको छ । खानेपानी तथा सरसफाइ कार्यालय दाङका अनुसार जिल्लामा रहेका एक लाख ६२ हजार २६६ घरपरिवारमध्ये एक लाख एक हजार आठ घरमा पाइप लाइनमार्फत पानी पुगेको छ ।
टीकापुर नगरपालिका नगर कार्यपालिकाले विकास बजेट अनुशासन र पद्धति अनुसार खर्च नगरेको भनी गुनासो भइरहेको छ ।
मधेश प्रदेशका थप एक सांसद निलम्बनमा पर्नुभएको छ । शुक्रबार महोत्ररीका सांसद सरोज सिंह कुशवाह निलम्बनमा पर्नुभएको हो । यससँगै मधेशमा निलम्बित सांसदको सङ्ख्या तीन पुगेको छ ।
भूकम्पले क्षति पुगेको जाजरकोटस्थित पुरानो सेतो दरबारलाई छोपेर राखेको त्रिपाल हटाएपछि अहिले दरबारको थप भाग भत्किन थालेको छ । भेरी नगरपालिका–३ स्थित सदरमुकाम खलङ्गाको दरबार भूकम्पले क्षति पुगेको थियो ।
निर्माण गरेको एक महिनामै सडकको पर्खाल भत्किएको छ । भत्किएको पर्खाल ठेकेदारले निर्माण नगर्दा लान्ती–लेखपोखरा–दमाचौर–रोल्पा सडक जोखिमपूर्ण भएको छ ।
कर्णाली प्रदेश सरकारले तुइन विस्थापित गर्दै झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्षमा कर्णालीलाई तुइनमुक्त बनाउने नीति अनुरूप तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । सडक यातायातले नजोडिएका हिमाली जिल्लाका केही पालिकामा अहिले पनि तुइन चढ्नुपर्ने बाध्यता छ ।
भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको शुक्रबार ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको छ ।
बागलुङमा बागलुङमा शुक्रबार साँझ भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुई जनाको उपचारको क्रममा बुर्तिवाङ अस्पतालमा र एक जनाको मणिपाल अस्पताल र एक जनाको पोखरामा उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेले जानकारी दिनुभयो ।
मानिसमा राज्यको अवधारणाको विकास सँगसँगै कार्य विभाजनले स्थान पायो । राजाले मन्त्री छान्दा कस्तो छान्ने त ? चाणक्यले भनेका छन्, “जो आफ्नै देशको होस्, घराना परिवारमा जन्मिएको होस् र राजाको नियन्त्रणमा काम गर्ने होस् । उसले सबै कलाको सिप प्राप्त गरेको हुनु पर्छ साथै दूरदृष्टि भएको, तार्किक क्षमता रहेको व्यक्ति हुनु जरुरी छ ।
नेपाली कांग्रेसले आगामी असार १५ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यका साथ बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–७ बगराका अन्दाजी १९ वर्षीय विनोद परियारको उपचारका क्रममा रुकुमपश्चिमको चौरजहारी मिसन अस्पतालमा मृत्यु भएको हो । साथै अर्का एक जना गम्भीर घाइते भएका छन् ।