सिर्जना मैले गरिनँ सोच बनाएको छु, अभिव्यक्त मैले गरिनँ
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डमा चार वटा पुल निर्माणको अन्तिम तयारी गरिएको छ । यस सडकखण्ड अन्तर्गत छ वटा पुलमध्ये चार वटा पुल असार महिनाभित्र ढलान
शक्तिशाली हुन्छ– मौनताको हतियार !
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
लमजुङको सुन्दरबजार नगरपालिका–६ बरेटारमा शुक्रबार राति भएको भीषण आगलागीमा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।
धनकुटाको महालक्ष्मी नगरपालिका–९, स्थित मुर्तिढुङ्गामा मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर एक वृद्धको मृत्यु भएको छ । मासु खाने क्रममा हड्डी अड्किदा ७८ वर्षीय प्रेमबहादुर लिम्बुको मृत्यु भएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेल्धुरेली भाषा
पोखराबाट सुरु भएको यात्राले हरेक मोडमा प्रकृतिका नयाँ रङ भेट्टाउँथ्यो । हरिया वनजङ्गलको सामीप्यमा फुलेका गुराँस, बारीभरि फापरका फूल अनि भन्ज्याङको चेपबाट देखिएका टल्किरहेका हिमालका हिमकण ! यी सबैले मनभित्र चित्रकारिता कोर्दै गएका थिए । धमिला रेखामाथि रङको लेपन थपिँदै गइरहेको थियो ।
म्याग्दीमा यस वर्ष भिरमह उत्पादन घटेको छ । विगतको तुलनामा ७५ प्रतिशत कम मह उत्पादन भएको मह सिकारीहरूले बताएका छन् ।
मेरो मनमा अन्योल छाएको थियो, कसरी यो भ्रमण सम्भव होला र ? डा. सावित्री श्रेष्ठले सिद्धिश्वरमान अक्षलोक साहित्यिक भ्रमणको निम्ता गर्नुभएको थियो । सिद्धिश्वरमान श्रेष्ठले २०३७ सालमा अक्षलोक साहित्यिक पत्रिका स्थापना गर्नुभएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि चीनका राजदूत चेन सोंगबिच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार मुख्यमन्त्री कार्की र राजदूत सोंगबिच भेट भएको हो ।
लखन थापामगर र ज्ञान दिलदासबिचको सम्बन्ध खोजी गर्दै पूर्वको यात्रा तय गरियो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ लेक गाउँका घरघरमा खानेपानीका धारा निर्माण गरिएको छ । लेक गाउँ खानेपानी आयोजना सम्पन्न भएसँगै घरघरमा निर्माण भएका धाराबाट पानी खस्न थालेको छ ।
नेवार वाद्य परम्परामा धेरै थरी बाजा छन् । त्यसमा पनि सबैभन्दा लोकप्रिय बाजा धिमय् नै हो । ‘धिमय्’ र ‘यलय् प्वः धिमय्’ दुई किसिमका धिमय् प्रचलनमा देख्न सकिन्छ । ‘धिमय्’ ठुलो आकारको हुन्छ । ‘यलय् प्वः धिमय्’ सानो आकारको हुन्छ । यलय प्वः धिमय् काठमाडौँमा प्रायः बजाइन्छ तर मध्यपुर थिमिमा अलग्गै किसिमको धिमय् प्रचलनमा छ ।
बेनी नगरपालिका–८ मा रहेको कुमारी सहकारीका अध्यक्ष यामबहादुर रोकालाई प्रहरीले खोजेको गएको माघ २० गतेदेखि हो । कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रोकालगायत २५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।