• २४ कात्तिक २०८२, सोमबार

ट्रामाडोलसहित दुई जना नियन्त्रणमा

blog

बरामद गरिएको ट्रामाडोल । तस्बिर : इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर

प्रवीणकुमार शर्मा 
रौतहट, कात्तिक २४ गते ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटले ट्रामाडोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । आइतबार साँझ ५ बजेको समयमा  रौतहट चन्द्रपुर  नगरपालिका –४ स्थित पूर्व, पश्चिम लोकमार्गस्थित ट्राफिक चेकपइन्टमा खटिएको चेकिङ टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको म.प्र. ०३२ ०२५ प ९७२१ नं.को स्कुटर चेकजाचको क्रममा एक सय तीस पिस ट्रामाडोलसहित  दुई जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुङ्गले बताउनुभयो ।

पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१६ तामाङटोल बस्ने हेमबहादुर वाइबाका २७ वर्षीय छोरा बुद्धसिंह वाइवा र सर्लाही  हरिवन नगरपालिका –३ श्रीपुर बस्ने भीमबहादुर योञ्जनका २४ वर्षीय छोरा शरिन योञ्जन रहेको उहाँले  जानकारी दिनुभयो । स्कुटरको हेन्डलमा रेनकोटको झोलामा ट्रामाडोल लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।