स्थानीय सन्जिव कार्कीको छोरी १७ वर्षिया दुर्गाकार्कीको करेन्ट लागेर शुक्रवार विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनुषाको सबैला नगरपालिका –६, गोविन्दपुरमा रहेको प्राचीन मठेश्वरनाथ मन्दिर भनिएको स्थानमा उत्खनन गर्दा नवौं शताब्दीतिरको लिच्छविकालीन अवशेषहरु भेटिएका छन् ।
जैविक विविधताले महत्वपूर्ण तराईकै ठुलो सिमसार क्षेत्र घोडाघोडी ताल मिचाहा प्रजातिको बेसरम झारले ढाक्दै गएपछि ताल साँघुरिदै गएकाे छ ।
मुस्ताङमा दुर्लभ हिउँ चितुवा र चितुवाको बासस्थान, आनीबानी र उपस्थितिबारे बुझ्न तल्लो मुस्ताङका तीन स्थानीय तहमा सर्वेक्षण सुरू गरिएको छ ।
सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८ बजे । दश नेपाली आरोही एकअर्काका हात समातेर राष्ट्रिय गान गाउँदै पाकिस्तानको केटु हिमालको चुचुरोमा पुगेका थिए ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा कन्टेनर ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सभामुख देवराज घिमिरेले राज्यले मातृभाषा संरक्षणका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
वीरगञ्ज महानगर–२२ स्थित ड्राइपोर्ट सडकस्थित सीताराम चोकमा आज बिहान ५ बजे सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आज खुल्नेगरी छलफल भइरहेको बताउनुभएको छ ।
इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र सैन्य स्थलहरू सहित एक सय वटा लक्ष्यमा आक्रमण गरेको छ । साथै आक्रमणमा सशस्त्र बलका प्रमुख, इरानका रिभोलुसनरी गार्डका प्रमुख र शीर्ष आणविक वैज्ञानिकहरूको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले विपद् व्यवस्थापन र विपद्जन्य जोखिम न्यूनीकरणका लागि तीन तहको सरकारबिच आवश्यक समन्वय र सहकार्य जरुरी रहेको बताउनुभएको छ ।
गृहमन्त्री रमेश लेखकले आगामी वर्षको बजेटमा नेपाल प्रहरीतर्फ बजेटको उल्लेख्य वृद्धि भएको बताउनुभएको छ । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि फिनल्याण्डका राजदूत रीना रिक्का हेइकाले बिदाइ भेट गर्नुभएको छ ।
नेपाली सेनाले सर्लाहीको बरहथवा नगरपालिका–११, हीरापुरमा बर्थिङ सेन्टर भवन निर्माण गरेर नगरपालिका कार्यालयलाई हस्तान्तरण गरेको छ ।