समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
बुद्धिजीवी राष्ट्र र समाजका दिशानिर्देशक हुन् । उनीहरूको विचार, चेतना, अनुसन्धान, लेखन र सक्रियताले मात्र देश र समाजको सकारात्मक रूपान्तरण सम्भव हुन्छ । बौद्धिक वर्ग मुलुकका नेतृत्वकर्ता पनि हुन् । बौद्धिक वर्गले राष्ट्रलाई उपयुक्त विचार, विवेक र दिशानिर्देश गर्ने हुँदा देशनिर्माणमा यो वर्गको योगदान र भूमिका महत्वपूर्ण मानिन्छ ।
मूलघरे पौडेल परिवार तथा मुखिया जेमदग्नि पौडेल स्मृति सेवा केन्द्रले प्राध्यापक डा. हेमराज सुवेदी, मदन पुरस्कार प्राप्त कृति महारानीका लेखक चन्द्रप्रकाश बानियाँ तथा दोहोरी गायक तथा साहित्यकार नरबहादुर बिसीलाई सम्मान गरेको छ ।
नेपाली कांग्रेसको आन्तरिक विमर्शमा क्रियाशील सदस्यताको बहस नौलो होइन ।
नेपालका पहाडी जिल्लाका गाउँबस्तीहरू दिनप्रतिदिन रित्तिँदै गएका छन् । रोजगारी, शिक्षा, स्वास्थ्य, सडक र खानेपानीजस्ता आधारभूत सेवाको अभावले गाउँका बासिन्दाहरू विस्तारै बस्ती छाडेर तराई सर्ने क्रम तीव्र बनेको दशरथचन्द नगरपालिका–६ का अध्यक्ष महेन्द्र सिंह कार्कीले बताउनुभयो ।
उस्तै उद्देश्य र हैसियत भएका व्यक्तिले एकआपसमा आर्थिक परनिर्भरतालाई सुल्झाउन सहकार्य गर्ने संस्था स्थापना गर्नु सहकारी हो । सहकारी सदस्य केन्द्रित व्यवसाय हो । यसको नियन्त्रण तथा सञ्चालनको भार प्रत्येक सदस्यमा रहन्छ ।
ताप्लेजुङमा मापदण्ड विपरीत सञ्चालन भइरहेको उद्योग सिलबन्दी गरिएको छ । बिहीबार अनुगमनको क्रममा फुङलिङ नगरपालिका ६ मा मापदण्ड विपरीत सञ्चालन भइरहेको पाथीभरा पाउरोटी उद्योग सिलबन्दी गरिएको हो ।
गत वर्षको फागुन २९ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘अञ्जिला’ ऐतिहासिक एक सय दिनको नजिक पुगेको छ । काठमाडौँको क्युएफएक्स सिनेमा हलमा ९२ औँ दिनमा चलिरहेको चलचित्रले बिहीबार तीन सो पाएको छ ।
भारतमा भएको भयानक जहाज दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ । अहमदावादमा बिहीबार भएको एयर इसण्डयाको एआई–१७१ जहाज दुर्घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन विश्वलाई नै पुनः एकपटक सोच्न बाध्य पारेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–१ का सुरेशकुमार चौधरीलाई दार्चुलामा बसेर आफ्नो कला बेच्दै गरेको चार वर्ष पूरा भयो ।
पाकिस्तानले सात प्रतिशतले घटाएर आर्थिक वर्ष सन् २०२५/२६ को सङ्घीय बजेट सार्वजनिक गरेको छ । कटौतीपछिको बजेट ६२ अर्ब डलर रहेको छ । बजेटको कुल अङ्क घटाए पनि रक्षा बजेट भने २० प्रतिशतले बढाइएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ६७ पैसा र बिक्रीदर १३७ रुपियाँ २७ पैसा निर्धारण गरिएको छ ।
केही वर्षयता सुर्खेतमा प्रादेशिक विमानस्थल निर्माणको विषय सरकारको हरेक जसो नीति तथा कार्यक्रम र बजेटमा समेत छुट्दैन । नीति तथा कार्यक्रम र बजेटमा आइरहने यो आयोजनाले अहिलेसम्म पूर्णता पाउन भने सकेको छैन ।
राप्ती राजमार्गअन्तर्गत रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतु नजिकै बिहीबार बेलुका भएको मिनी ट्रक दुर्घटनामा घाइते चालकको मृत्यु भएको छ ।
मनसुन सक्रिय भएर वर्षा हुन थालेपछि देशका अधिकांश स्थानमा धान रोपाइँ सुरु भएको छ । तथापि अघिल्ला वर्ष जस्तै यस पटक पनि किसान मलकै समस्यामा रहेका छन् । किसान मलबिना नै रोपाइँ गर्न बाध्य भएका समाचार प्राप्त भएका छन् ।