नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रवीन्द्र गुप्ता दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेट खेलाउने अम्पायरमा नियुक्त हुनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभएको छ ।
यही कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिक ५२ वर्षका जिग्नेस कुमार लल्लु भाई पटेल र १७ वर्षका प्रियन्सा कुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो करिब २ बजे फेला पारेको छ ।
समाज रुपान्तरण गर्नका लागि यतिबेला बाजुराका विभिन्न गाउँ बस्तीमा स्थानीयको कचहरी हुने गरेका छन् ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीको अवसरमा स्याङ्जामा ‘देवकोटा काव्य उत्सव-२०८२’ गरिएको छ ।
हङकङ सुपर सिक्सेसअन्तर्गत बाउल लिगको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स(युएई)सँग ४३ रनले पराजित भएको छ ।
सर्लाहीको अन्नपूर्ण चिनी उद्योग धनकौलबाट पाउनुपर्ने उखुको पुरानो बक्यौता रकम माग गर्दै किसानले आइतबार दिउँसोदेखि अनिश्चिकालिन धर्ना सुरु गरेका छन् ।
मुक्त कमैया, कमलरी सम्बन्धी कार्यविधि कार्यान्वयन गरेको सुदूरपश्चिम प्रदेश सरकारसहित दुई स्थानीय तहलाई सम्मान गरिएको छ ।
काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य वस्तु र फोहर बाल्न रोक लगाएको जनाएको छ । अटेर गरी बालेमा प्रतिपटक १० हजार रुपियाँ जरिवाना हुनेछ ।
धानको मूल्य वृद्धि र समर्थन मूल्य कायम गर्नुपर्ने मागसहित राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेश समितिले आज नेपालगन्जमा प्रदर्शन गरेको छ ।
हुम्लामा रैथाने बाली उत्पादनपछि बजारीकरणमा समस्या भएको छ । कृषकहरूले रातदिन नभनी स्थानीय अन्नबाली उत्पादन गर्छन् तर त्यसको बजारीकरण नहुँदा कृषकहरूले समस्या भोग्नु परेको हो ।
जिल्लाको अन्नपूर्ण गाउँपालिकाले पशुपालक कृषकलाई उत्पादनमा आधारित अनुदान दिने कार्यक्रम सञ्चालन गरेको छ । मासु र दूध उत्पादन वृद्धि गरी आयात घटाउने र आत्मनिर्भर बनाउने उद्देश्यले पालिकाले कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको हो ।
नेपालगन्ज म्याराथनले मलेसियाको स्कोर म्याराथनसँग सहकार्य गर्ने भएको छ ।
तनहुँमा पहिलो पटक बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’ गराइने भएको छ । जिल्लाका एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउन लागिएको हो ।
सुनसरीमा दशकअघिसम्म अस्तित्वमा रहेको गोरुगाडा यतिबेला लोप हुने अवस्थामा पुगेको छ ।