सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मानिसले आफ्नो जीवनमा आउने दुःख र सङ्घर्षमा पनि खुसी हुन सके जीवनका अधिकांश समय सहज र सुखमय बन्ने धारणा व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङको अध्यक्षमा लोकदोहोरी गायक प्रशान्त तामाङ निर्वाचित हुनुभएको छ ।
पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा पूजाआजा र दर्शन गर्न भक्तजन दैनिक भीड लाग्ने गर्छ ।
रौतहटको चार वटा नगरपालिकामा आइतबार शोक बिदा दिइएको छ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताव आलमको निधनमा आज रौतहटको राजपुर नगरपालिका, परोहा नगरपालिका, इशनाथ नगरपालिका र बौधीमाइ नगरपालिकामा शोक बिदा दिइएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित कार्यालयलले बाँकेमा आइतबारदेखि किसानको धान खरिद सुरु गरेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकास योजनामा अनुशासन, पारदर्शिता र प्राथमिकताको स्पष्टता अनिवार्य गर्न निर्देशन दिनुभएको छ ।
ऐतिहासिक वराहक्षेत्र कात्तिके पूर्णिमा मेलाको अवसरमा आयोजित खुला पुरुष तथा महिला फुटबल प्रतियोगितामा आयोजक टु स्टार ग्रामीण सिर्जनशील क्लब, इम्बुङ विजेता बनेको छ ।
यहाँको राप्तीसोनारी–४ स्थित चुरे पहाडमा रहेको ‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुनथालेको छ ।
उपल्लो मुस्ताङका स्थानीय तहले कोरला नाका हुँदै हिन्दु, बौद्ध, जैनलगायत विभिन्न समुदायका धर्मालम्बीहरुको पवित्र तीर्थस्थल कौलाश मानसरोबार पुग्ने मार्ग खुलाउन पहल थालेसँगै मुस्ताङलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन माग गरेका छन् ।
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–४ तंग्राममा रहेको धारा माध्यामिक विद्यालय सतप्रतिशत नतिजा निकाल्ने विद्यालयको रुपमा परिचित छ ।
जीवन सरल रूपमा बिताउन मानिसमा मानसिक स्वास्थ्यको अहम् भूमिका रहन्छ तर केही मानिस विभिन्न किसिमका कडा मानसिक रोगबाट प्रताडित बन्छन् । त्यसमध्येको एक हो बाइपोलार एफेक्टिभ डिस्अर्डर ।
म्याग्दीको धवलागिरी गाउँपालिका-७ ताकम गाउँबाट देखिएको चुरेन हिमालको सुन्दरता र ताकम गाउँ ।
जिल्लामा अवैध वन पैदावार ओसारपसारमा संलग्नहरुलाई पक्राउ र मुद्दा दायरसँगै एक हजार क्युफिटभन्दा बढि काठ बरामद गरिएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति गोरखाले पार्टीको नियमित महाधिवेशन समयमै सम्पन्न हुन नसके चुनाव अघि नै विशेष महाधिवेशनमा जानु पर्ने माग गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक शनिबार राति सौराहामा सम्पन्न भएको छ । शुक्रबार र शनिबार दुई दिन चलेको बैठकले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आधार तयारीका लागि दलहरूसहित सरकारलाई ध्यानाकर्षण गराएको छ ।