• २३ कात्तिक २०८२, आइतबार

लोक तथा दोहोरीगीत प्रतिष्ठान लमजुड अध्यक्षमा तामाङ

blog

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, लमजुङको निर्वाचित कार्यसमितिलगायत । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुड, कात्तिक २३ गते ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङको अध्यक्षमा लोकदोहोरी गायक प्रशान्त तामाङ निर्वाचित हुनुभएको छ । शनिबार राति सदरमुकाम बेसीसहरमा सम्पन्न प्रतिष्ठानको २४ औँ वार्षिक साधारणसभा तथा नवौँ जिल्ला अधिवेशनबाट तामाङ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

प्रतिष्ठानको प्रथम उपाध्यक्षमा किशोर बिक, द्वितीय उपाध्यक्षमा पृथ्वीराज गुरुङ, महिला उपाध्यक्षमा सङ्गीता गुरुङ, सचिवमा चित्र दुरा, कोषाध्यक्षमा सुमन न्यौपाने, सह–सचिवमा सावित्री पोख्रेल, सह–कोषाध्यक्षमा राजकुमार गुरुङ (राज) र प्रवक्तामा लक्ष्मी तामाङ निर्वाचित हुनुभएको छ ।

यसैगरी, कार्यसमिति सदस्यहरुमा कृष्ण वस्ती (निक्की), समीक्षा विष्ट, सुशील परियार, आशिष गुरुङ, नवीन बराल, खुमराज गुरुङ, हस्त सेन्चुरी र युगेश परियार निर्वाचित हुनुभएको छ । ‘हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने नाराका साथ आयोजित अधिवेशन सम्पन्न गराउन प्रतिष्ठानको केन्द्रीय सदस्य गायिक सम्झना भण्डारी, लोकगायक राजु परियार, प्रदेश सदस्य टसबहादुर गुरुड, सल्लाहकार रेशमलाल श्रेष्ठ र पूर्व सचिव केदार बोहोराको पाँच सदस्यीय निर्वाचन मण्डल बनाइएको थियो ।

अधिवेशन तथा वार्षिक साधारणसभामा स्रष्टा सम्मानअन्तर्गत ‘गाउँशहरमा लमजुङ दरबार’ गीतका गायिका उमा गुरुङ र ठाडोभाका गायक देउबहादुर दुराका नाति यमबहादुर दुरालाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि  लोकदोहोरी गायक राजु परियार, नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, गायिका सम्झना भण्डारी र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङका अध्यक्ष अनुज अधिकारीले संयुक्त रुपमा स्रष्टाहरुलाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ लोकदोहोरी गायक राजु परियार, गायिका सम्झना भण्डारी, माया गुरुङ, उमा गुरुङलगायतका कलाकारको बेजोड प्रस्तुति रहेको थियो ।