सप्तरीको शम्भुनाथ नगरपालिकामा कन्टेनर ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सभामुख देवराज घिमिरेले राज्यले मातृभाषा संरक्षणका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
वीरगञ्ज महानगर–२२ स्थित ड्राइपोर्ट सडकस्थित सीताराम चोकमा आज बिहान ५ बजे सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आज खुल्नेगरी छलफल भइरहेको बताउनुभएको छ ।
इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र सैन्य स्थलहरू सहित एक सय वटा लक्ष्यमा आक्रमण गरेको छ । साथै आक्रमणमा सशस्त्र बलका प्रमुख, इरानका रिभोलुसनरी गार्डका प्रमुख र शीर्ष आणविक वैज्ञानिकहरूको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले विपद् व्यवस्थापन र विपद्जन्य जोखिम न्यूनीकरणका लागि तीन तहको सरकारबिच आवश्यक समन्वय र सहकार्य जरुरी रहेको बताउनुभएको छ ।
गृहमन्त्री रमेश लेखकले आगामी वर्षको बजेटमा नेपाल प्रहरीतर्फ बजेटको उल्लेख्य वृद्धि भएको बताउनुभएको छ । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि फिनल्याण्डका राजदूत रीना रिक्का हेइकाले बिदाइ भेट गर्नुभएको छ ।
नेपाली सेनाले सर्लाहीको बरहथवा नगरपालिका–११, हीरापुरमा बर्थिङ सेन्टर भवन निर्माण गरेर नगरपालिका कार्यालयलाई हस्तान्तरण गरेको छ ।
बलि नचढ्ने एकमात्र शक्तिपीठ प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सल्यानको छत्रेश्वरी शक्तिपीठ पुग्नका लागि पदमार्ग निर्माण भएको छ । पदमार्ग निर्माणसँगै प्राकृतिक सौन्दर्य अवलोकन गर्दै छत्रेश्वरी मन्दिरसम्म पुग्न सकिने भएको हो ।
रुकुमपश्चिमको मुसिकोट नगरपालिका–३ छेरामा मिनिट्रक र मोटरसाइकल ठोकिँदा दुई जना घाइते भएका छन् ।
गत मङ्गलबारदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले बढोत्तरी भएको छ ।
जिल्लाको गाउँपालिका र नगरपालिका आफ्नो बजेट तयारीमा जुटिरहेका बेला आठ स्थानीय तहमा युवाहरुले युवा लक्षित कार्यक्रम राख्नुपर्ने माग गर्दै स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
राप्ती सोनारी गाउँपालिका–९ भएर बग्ने झिझरी खोलाको बाढीबाट बस्ती जोगाउन तटबन्ध निर्माण भएको छ ।