काठमाडौँ, कात्तिक २४ गते । नेपालको अग्रणी डिजिटल सेवा प्रदायक हाम्रो पात्रोले सोमबारदेखि घरमै फ्लु (इन्फ्लुएन्जा) खोप सेवा औपचारिक रूपमा सुरु गरेको छ । यस सेवामार्फत प्रयोगकर्ताले प्रमाणित स्वास्थ्यकर्मीबाट आफ्नै घरमा सुरक्षित रूपमा खोप लगाउन सक्नेछन् । यो सेवा सर्वोनिदान क्लिनिक प्रालिको समन्वयमा सञ्चालन हुनेछ । सर्वोनिदान क्लिनिकसँग हाम्रो पात्रोको सहकार्यको उद्देश्य भनेको प्रयोगकर्तालाई थप व्यवस्थित, विश्वसनीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउनु हो ।
हाम्रो पात्रोले लामो समयदेखि विशेषज्ञ डाक्टरहरूलाई आवद्ध गरेर अडियो भिडियो कलमार्फत प्रयोगकर्ताहरूलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । “हाम्रो प्राथमिकता नेपाली नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउनु हो । घरमै खोप सेवा सुरु गर्नु हाम्रो यही यात्राको अर्को महत्त्वपूर्ण कदम हो,” हाम्रो पात्रोका निर्देशक सुदिना गौतमले भन्नुभयो । “सर्वोनिदान क्लिनिकसँगको समन्वयले सेवा अझ सुरक्षित र चिकित्सकीय रूपमा व्यवस्थित बन्न मद्दत गरेको छ ।” उहाँ थप्नुहुन्छ ।
किन ‘घरमै खोप सेवा’ ?
जाडो याम सुरु भएसँगै फ्लु सङ्क्रमणको जोखिम बढ्ने भएकाले वृद्धवृद्धा, दीर्घरोगी तथा कमजोर रोग प्रतिरोधक क्षमता भएका संवेदनशील व्यक्तिहरूका लागि समयमै खोप लगाउनु लाभदायक हुन्छ । तर अस्पताल वा क्लिनिक जान नसक्ने धेरै परिवारका लागि खोपको पहुँच चुनौतीपूर्ण छ । त्यसैले, हाम्रो पात्रोको ‘घरमै खोप सेवा’ले सुरक्षित, छिटो, भरपर्दो सेवा प्रदान गरेर इच्छुक प्रयोगकर्ताहरूको यस समस्यालाई समाधान गर्छ । प्रयोगकर्ताले हाम्रो पात्रो एपमार्फत खोप सेवा सहजै बुक गर्न सक्छन् ।
सेवा कसरी प्राप्त गर्ने ?
– हाम्रो पात्रो एप खोलेर होमपेजमा भएको “Vaccine at Home” लेखेको ठाउँमा क्लिक गर्नुहोस्
– त्यहाँ आफ्नो नाम, फोन नम्बर र ठेगाना भर्नुहोस्
– खोप लगाउन चाहने समय छान्नुहोस्
– प्रमाणित नर्स र स्वास्थ्यकर्मी तपाईंको घरमै आउँछन्
– सेवा सम्पूर्ण रूपमा सुरक्षित, निजी र विश्वसनीय छ
एपमा खोप सम्बन्धी सबै महत्त्वपूर्ण जानकारी जस्तै, कसले लगाउन मिल्छरु, कसलाई नलगाउनु राम्रो ?, साइड इफेक्ट, सम्पर्क आदि स्पष्ट रूपमा उपलब्ध छ भने घरमै सेवा लिँदा रु. ३,९०० खोप शुल्क तिर्नुपर्ने हुन्छ। थप जानकारीका लागि https://app.hamropatro.com/pages/hamropatro/-OdDjEZXBsyaVumDZZh4 हेर्नुहोस् ।