• २४ कात्तिक २०८२, सोमबार

सहिद लखन गाउँपालिकामा सोमबार सार्वजनिक बिदा

blog

गुणबहादुर रोका 
सुलीकोट, कात्तिक २४ गते ।
गोरखाको सहिद लखन गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाको २ र ३ नम्बर  वडामा पर्ने नेपालकै प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा गुठी पञ्चमीको अवसरमा विशेष पूजा तथा मेला लाग्ने भएकाले आज बिदा दिने निर्णय गरिएको हो ।

गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले गुठी पञ्चमीका अवसरमा स्थानीय धर्म, संस्कृति र परम्पराको संरक्षणका लागि सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय र संस्था बन्द रहने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

प्रत्योक वर्ष गुठी पञ्चमीका दिन मनकामना मन्दिरमा देशभरका भक्तजनको भीड लाग्ने भएकाले मन्दिर परिसरमा विशेष पूजा, बलि तथा धार्मिक संस्कारहरु सम्पन्न गरिन्छ । यस वर्ष पनि हजारौँ भक्तजनले देवीकाे दर्शनका लागि मनकामना पुग्ने अपेक्षा गरिएको छ ।

पालिकाले मेलाको समयमा श्रद्धालुहरुको सुरक्षाका लागि अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्ने, स्वास्थय सेबा र सरसफाइका व्यवस्था गर्ने तयारी गरेको गाउँपालिकाले जनाएको छ । गुठी पञ्चमीका दिन मनकामना मन्दिर क्षेत्र धार्मिक, सांस्कृतिक र पर्यटकिय दृष्टिले अत्यन्त सक्रिय बन्ने भएकाले पालिकाले स्थानीय पहिचान र संस्कृति प्रवर्धनको अवसरको रुपमा लिइएको छ ।

सार्वजनिक बिदा घोषण गरेसँगै सोमबार सहिद लखन गाउँपालिकाअन्तर्गतका सबै विद्यालय, सरकारी कार्यालय र सेवा प्रदायक संस्था बन्द रहनेछन् ।