जेनेभा, कात्तिक २४ गते । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर)ले जलवायु परिवर्तनको कारण विश्वभर लाखौं मानिस विस्थापित भएको पुष्टि गरेको छ ।
ब्राजिलमा ३०औँ संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन (कोप) ३०० हुनु अघि जारी गरिएको एक प्रतिवेदनमा युएनएचसीआरले विगत एक दशकमा मौसमसम्बन्धी प्रकोपले लगभग २५ करोड आन्तरिक विस्थापन निम्त्याएको जनाएको छ ।
दक्षिण सुडान र ब्राजिलमा बाढी, केन्या र पाकिस्तानमा रेकर्ड तोड्ने तापक्रम र चाड र इथियोपियामा पानीको अभावलाई उद्धृत गर्दै द्वन्द्वबाट विस्थापित तीन चौथाइ मानिस मुख्यतः जलवायु परिवर्तनको प्रभावको जोखिममा रहेको जनाइएको छ । प्रतिवेदनले जलवायु परिवर्तनले विस्थापित समुदाय र द्वन्द्व प्रभावितलाई तुलनात्मक रुपमा धेरै समस्या सामना गर्नुपर्ने जटिलता बढाइदिएको जनाएको छ ।
युएनएचसीआरका अनुसार जलवायु परिवर्तनको नतिजालाई अनुकूल बनाउनका लागि उपलब्ध कोषको एक चौथाइ मात्र द्वन्द्वबाट खतरामा परेका देशहरूमा पुग्छ, जहाँ प्रायः ठूलो सङ्ख्यामा शरणार्थी बसोबास गर्छन् । कोप-तथा वार्षिक संयुक्त राष्ट्र जलवायु सम्मेलनलाई प्रायः गरिब देशले बढ्दो कठोर जलवायु अवस्थालाई अनुकूल बनाउन धनी राष्ट्रबाट थप कोष व्यवस्थापनका लागि स्थापित मञ्चको रूपमा लिइन्छ ।
स्थिरता चाहनेले जोखिममा रहेका मानिसको थप विस्थापन रोक्नुका साथै जलवायु वित्तपोषण किनारमा बसोबास गर्ने समुदायमा पुग्न आवश्यक रहेको “संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तका आयुक्त फिलिपो ग्रान्डीले बताउनुभयो । उहाँले जलवायु सम्मेलनमा सहभागीलाई आफ्ना प्रतिज्ञा पूरा गर्न आग्रह गर्दै कोपले प्रतिज्ञा मात्र नगरी वास्तविक कार्य गर्नुपर्ने जनाउनुभएको छ ।
ब्राजिलको अमेजन वर्षा वनमा रहेको बेलेम सहरमा हुने दुई हप्ताको वार्ताका लागि १९० भन्दा बढी देशका करिब ५० हजार सहभागी भेला भइरहेका छन् । उनीहरूले जलवायु सङ्कट र यसका विनाशकारी प्रभावलाई कसरी नियन्त्रण गर्ने भन्ने बारे छलफल गर्नेछन् । रासस/क्यूएनए