भारतमा कोरोना भाइरसबाट एक दिनमा थप १६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार १६७ नयाँ सङ्क्रमित भएका हुन् ।
ट्राफिक कार्यालय स्याङ्जाले राजमार्गमा गुड्ने सवारी साधनका नम्बर प्लेट देखिनेगरी सिसि क्यामरा जडान गरेको छ । कार्यालय भित्रको एउटा कक्षमा बसेर वीपी चोक, सहिदचोक, बाडखोला चोक र ट्राफिक चोकका गतिबिधि सजिलै नियाल्न सकिएको ट्राफिक प्रमुख मिनबहादुर कुवँरले बताउनुभयो ।
वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाललाई प्लाष्टिक प्रदूषण मुक्त बनाउन आफु प्रतिबद्ध रहेको बताउनुभएको छ ।
पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाइरिङ धारापानीमा करेन्ट लागेर १ महिलाको मृत्यु भएको छ । सोमबार बिहान एक्कासी बिद्युतको तारमा हाईभोल्टेज प्रवाह हुँदा ५० वर्षीय सिता केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
जब वर्षायाम शुरु हुन्छ, तब सोलुखुम्बुका विभिन्न जङ्गलमा धेरै थरीका च्याउ पलाउन थाल्छन् । त्यही च्याउ कतिपयको गजबको आम्दानीको स्रोत बनेको छ, कतिपयको स्वादिष्ट तरकारी । विना लगानी प्राकृतिक रुपमा उब्जनी हुने च्याउबाट सोलुखुम्बुका विभिन्न क्षेत्रका महिलाहरुले राम्रो आम्दानी गर्ने गरेका छन् ।
बागलुङ नगरपालिका–१ खनियाघाटस्थित माझी वस्ती लक्षित खानेपानी आयोजनाको काम सम्पन्न भएको दुई वर्ष पुग्यो । ‘एक घर एक धारा’ अभियानअन्तर्गत लिफ्ट प्रविधिमार्फत खानेपानी जडान गर्न वस्तीका २२ वटा घरमा धारा जडान भए पनि पानी आएको छैन ।
समुन्द्र सतहबाट चार हजार ६४५ मिटर उचाईमा रहेको मुस्ताङको लोमान्थाङमा भदौ ११ गते गल्फ प्रतियोगिता हुने भएको छ । लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा रहेको नौ होलको गल्फ कोर्समा औपचारिक प्रतियोगिता आयोजना गरिन लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशसभा सदस्य ईन्द्रधारा विष्टले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार गरिएको परीक्षणमा थप तीन जनामा हैजा पुष्टि भएको हो । योसँगै उपत्यमामा हैजा पुष्टि हुनेको सङ्ख्या ४२ पुगेको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारीकाे सोमबार बसेको बैठकमा आगामी निर्वाचन सम्बन्धमा छलफल भएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार ३५१ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ९३४ जनामा कोरोना पुष्टि भएको हो ।
पूर्वाधार विकास कार्यालय, रौतटहका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर शिवजीप्रसाद रायसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नेकपा (माओवादी केन्द्र)का सांसद गंगाकुमारी बेल्बासेले संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । सांसद बेल्बासेले राष्ट्रियसभाका उपाध्यक्ष समेत सदस्य रहने गरी संवैधानिक परिषद सात सदस्यीय बनाउन सरकारसँग माग गर्नुभएको हो ।
नेकपा (एकीकृत समाजवादी) का सचिव रामकुमारी झाँक्रीले उपभोक्ता समितिले गर्ने काम गुणस्तरहीन र असार मसान्तमा आएर काम सक्ने गरेकाले अख्तियारले समेत प्रश्न उठाएको बताउनु भयो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको विकास हुन नसक्नुमा राजनीतिज्ञले सर्वज्ञाता बन्ने प्रवृत्ति नै मुुख्य बाधक भएको बताउनुभएको छ । डेमोक्रेटिक लयर्स एसोसिएसन झापाको आयोजनामा चन्द्रगढीमा सम्पन्न मुलुकको समसामयिक परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो विचार व्यक्त गर्नुभएको हो ।
काठमाडौं, साउन २३ गते । लोकप्रिय गायिका प्रिती आले र गायक राजेश बर्देवाको नयाँ तीज गीत 'भेलु बाजे डान्स' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रतिभा शर्माको शब्द, प्रिय कुमारको संगीत र केशब बाबुको एरेन्ज रहेको छ ।गायिका प्रिती आले र लोकप्रिय गायक राजेश बर्देवाको सहकार्यमा तयार भएको सार्वजनिक म्यूजिक भिडियोलाई गायिका प्रिती आलेले नै निर्देशन गर्नुभएको हो । यस्तै, दुर्गा पौडेलले छायांकन गर्नुभएको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गर्नुभएको छ । भिडियोमा प्रिती आले र राजेश बर्देवा लगायत अन्य कलाकारहरुलाई फिचर्ड गरिएको छ ।