प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको ढाँचासहित सुझाव दिन गठित सत्तारुढ पाँच दलीय कार्यदलको पहिलो बैठक सोमबार बस्दैछ ।
सङ्घीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा सोमबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुहुने छ ।
इजरायल र विद्रोही लडाकू समूहका बीचमा युद्धविराम गर्ने सहमति भएको छ । सोमबार मध्यरातदेखि लागू हुनेगरी युद्ध विरामको सहमति भएको इजरायलका प्रधानमन्त्री याइर लापिडले पुष्टि गर्नु भएको छ ।
डेब्यु खेलमै युवा स्टार एर्लिङ हालान्ड चम्किएपछि साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । सिजनको आफ्नो पहिलो खेलमा सिटीले आइतबार राति वेस्ट हाम युनाइटेडलाई २-० गोलले हरायो ।
सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधीन ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चार हजार दुईसय ७५ मिटर लामो सुरुङको ब्रेकथ्रु भएसँगे आयोजनाको कामले गतिलिएको छ ।
साधना पन्त ‘प्रतीक्षा’को समकालीन नेपाली नारी आख्यानमा पहिचान र विद्रोह कुल छवटा परिच्छेदमा संरचित अनुसन्धानात्मक सामग्री हो । यस पुस्तकको पहिलो परिच्छेद मानव समाजमा नारीको स्थान, त्यसको प्राचीनदेखि आधुनिक (वर्तमान) समयसम्मका प्रतिनिधि व्यवहार एवं दृष्टिकोण निर्माणमा निर्णायक मानिएका सामाजिक अभ्यास तथा अध्ययन, तिनलाई सैद्वान्तिकीकरण गर्ने आधारको समीचिन विश्लेषणमा केन्द्रित छ । समालोचनामा नारीवादी चिन्तनको प्रवेश पश्चात्य समालोचक र ज्ञाननिर्माण प्रक्रियाको प्रतिफल हो भन्ने आधार यिनको छ । पूर्वीय वाङ्मयका कालजयी रचना वेदका मन्त्र रचनामा नारीको योगदान रहेकाले वैदिक सूक्तकाल समतामा आधारित थियो भन्ने ठहर यिनको छ । कृष्ण गौतम, गोविन्दराज भट्टराई, कमला भासिन, वीणा पौड्याललगायतका मान्यतालाई यिनले नारीवादी दृष्टि निर्माणको
धनुषाको विरेन्द्र बजारस्थित पूर्व–पश्चिम लोकमार्गमा सोमबार बिहान रात्री बस दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएको छ । बसमा सवार १५ जनालाई सामान्य चोटपटक लागेका प्रहरीले जनाएको छ ।
नेपालमा अहिले कुखुराको मासुको मूल्य एकोहोरो घटिरहेको छ । भारतवाट अवैध रूपमा कुखुराको मासु भित्रिँदा नेपाली कुखुराको माग घटेको र जसले मूल्यमा गिरावट आएको हो । ह्याचरी उद्योग सङ्घका निवर्तमान अध्यक्ष टीकाराम पोख्रेल स्थल मार्गबाट नेपालमा कुखुरा र कुखुराको मासु आयात गर्न प्रतिबन्ध भए पनि अवैध रूपमा आयात भइरहेको बताउनुहुन्छ । खुला सीमाको फाइदा उठाउँदै कुखुरा र यसको मासु भिœयाउने क्रम बढ्दो रहेको पनि उहाँले जनाउनुभयो । “४५० रुपियाँ किलोसम्म पुगेको कुखुराको मासु अहिले तीन सय रुपियाँबाट पनि तल झरेको छ,” पोख्रेलले भन्नुभयो, “कुखुराको मासुको मूल्य यसरी घट्नुमा भारतीय कुखुराको मासु छ्यापछ्याप्ती भेटिनु हो ।”
नेपाललाई विदेशीको पहिलो गन्तव्य स्थल बनाउन पर्यटन क्षेत्र ‘रिब्रान्डिङ’ गर्ने योजना सरकारले अघि सारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकलाई आकर्षित गर्न यस क्षेत्रको नयाँ किसिमबाट प्रचारप्रसार गरिने बताउनुभएको हो । मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा उहाँले अब प्रकृति, संस्कृति र साहसिक गतिविधिसँग जोडिएका विषयमा केन्द्रित भएर पर्यटन विकास गर्ने योजना रहेको जानकारी दिनुभयो ।
बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क लिमिटेडको निक्षेप २२.२० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैङ्कको अधिकांश सूचकमा सुधार देखिएको बैङ्कको दाबी छ । सो अवधिमा कर्जा १८.२६ प्रतिशत बढेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताउनुभयो ।
सिद्धार्थ बैङ्क लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा तीन अर्बभन्दा बढी खुद मुनाफा आर्जन गरी सेयरधनीलाई २५.७१ प्रतिसेयर आम्दानी दिएको छ । १२ अर्ब ५२ करोड रुपियाँ चुक्ता पुँजी र २१ अर्ब ९१ करोड रुपियाँ कुल इक्विटी रहेको बैङ्कले आर्थिक वर्ष २०७८/७९ मा मात्र प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल दुई अर्ब ९० करोडभन्दा बढी नेपाल सरकारको राजस्वमा योगदान पु-याएको जनाएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफूसँग यस क्षेत्रको लामो अनुभव भएकोले सीमित समयमा नै उल्लेख्य काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। क्याराभान नेपाल प्रालिले पोखरामा आयोजना गरेको ‘आफ्नो कथा आफ्नो सिनेमा’ कार्यक्रममा बोल्दै केसीले समग्र चलचित्र क्षेत्रको संरक्षणका लागि आफूले काम गर्ने बताउनुभयो।