• ७ वैशाख २०८१, शुक्रबार

धनुषामा बस दुर्घटना, पाँच जना घाइते

blog

धनुषाको विरेन्द्र बजारमा दुर्घटना भएको रात्री बस । तस्बिर: विजयकुमार साह

ढल्केवर, साउन २३ गते । धनुषाको विरेन्द्र बजारस्थित पूर्व–पश्चिम लोकमार्गमा सोमबार बिहान रात्री बस दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएको छ । बसमा सवार १५ जनालाई सामान्य चोटपटक लागेका प्रहरीले जनाएको छ । 

काठमाडौंबाट काँकडभित्ता गइरहेको प्रदेश ३–०१–००५ ख ९७२१ नम्बरको सुपर अग्नी रात्री बस सोमबार बिहान ४ बजे दुर्घटनामा परेको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले गणेशमान चारनाथ नगरपालिका –१ स्थित लोकमार्गमा बस पल्टिएको जानकारी दिनुभयो । 

उहाँका अनुसार बस दुर्घटनामा परी पाँच जना गम्भीर घाइते र १५ जनालाई सामान्य चोटपटक लागेको छ । गम्भीर घाइते भएकाहरुलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको र सामान्य घाइते भएकाहरुको स्थानीय स्वास्थ्य उपचार केन्द्रमा उपचार भइरहेको छ । 




Author

विजयकुमार साह