• १२ वैशाख २०८१, बुधबार

निक्षेप बाइस प्रतिशतले वृद्धि

blog

बुटवल समाचारदाता

बुटवल, साउन २३ गते । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क लिमिटेडको निक्षेप २२.२० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैङ्कको अधिकांश सूचकमा सुधार देखिएको बैङ्कको दाबी छ । सो अवधिमा कर्जा १८.२६ प्रतिशत बढेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताउनुभयो । 

लुम्बिनी प्रदेशमा मात्रै ७१ वटा र सङ्घीय राजधानी काठमाडौँमा पाँचसहित देशभर ८४ वटा शाखा कार्यालय सञ्चालनमा रहेको बैङ्कको अधिकृत पुँजी पाँच अर्ब, जारी तथा चुक्ता पुँजी तीन अर्ब ७८ करोड १० लाख रहेको छ ।