ठेकेदार कम्पनीको ढिलासुस्तीले मोरङ जिल्लाभित्र निर्माणाधीन चरणमा रहेको हुलाकी राजमार्गले जनतालाई सेवा दिनुको सट्टा सास्ती दिइरहेको छ। ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले भत्काएर लथालिङ्ग पारी समयमै काम नगर्दा त्यसको असर स्थानीयको दैनिक जीवनमा परेको हो। जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित बहुपक्षीय छलफलमा हुलाकी राजमार्गअन्तर्गत सेवा क्षेत्रभित्रका स्थानीय तहका जनप्रतिनिधिले तराईको रक्तसञ्चार गर्ने सडक निर्माणमा गम्भीर लापरबाही भएको आरोप लगाएका छन्। उनीहरूले विराटनगर–रङ्गेली सडकखण्ड भत्काएर हुलाकी राजमार्ग विस्तार सुरु गरिए पनि भत्काएपछि ठेकेदारले बहाना बनाएर नागरिकलाई हैरानीमा पारेको भन्दै आक्रोश पोखेका छन्।
करार सेवामा अनावश्यक कर्मचारी नियुक्त गर्दा करोडौँ व्ययभार बढेको भन्दै महालेखा परीक्षकको कार्यालयले बेरुजु औँल्याइरहेका बेला विराटनगर महानगरपालिकाले कर्मचारी थपेर खर्च बढाउने कामलाई निरन्तरता दिएको छ। विगतमा आफू अनुकूलका व्यक्तिलाई करारमा नियुक्ति दिएको महानगरले अहिले कानुनविपरीत विद्यालय शिक्षक नियुक्त गर्न थालेको छ।
काठमाडौंमा आइईसीका विद्यार्थी आफैंले डिजाइन गरेको पोशाक लगाएर र्याम्प प्रदर्शन गर्दै ।
पर्साको जगरनाथपुरमा सोमबार धान रोपाइँ गर्दै किसानहरु ।
नेपालमा आदिवासी जनजातिजन्य आन्दोलन र संघर्षहरु पहिचान र अधिकार प्राप्तिका लागि केन्द्रित रहेकाले सम्बोधन गर्न सरकारले ढिला गर्न नहुने सुझाब अगुवाहरुले दिनुभएको छ । आदिबासी तथा पछाडि परेका वर्गको अधिकार सम्बोधनबाटै देशले निकास पाउने उहाँहरुको सुझाव छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले संयुक्त अरव इमिरेट्स (यूएई)मा हुने इन्टरनेशनल लिग (आईएल) टी-२० क्रिकेट खेल्ने पक्का भएको छ । इमिरेट्स क्रिकेट बोर्डको आयोजनामा हुने लागेको फ्रेन्चाइल लिगमा विश्वका नाम चलेका स्टार खेलाडीसँगै नेपाली लेगस्पीनर सन्दीप पनि मार्की खेलाडीको रुपमा अनुबन्ध हुनुभएको हो ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–१० ज्योतिनगर एकतावस्ती कपन बस्ने सर्लाही ब्रम्हपुरी गाउँपालिका–२ घर भएका ३४ वर्षीय रोशन कुमार गुप्तालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
नेपाली सेनाका प्रधान सेनापति (महारथी) प्रभुराम शर्माले पदोन्नती हुनु भएका आठ जना सेनानीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
सत्ता गठबन्धनको कार्यदलको संयोजकमा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला तोकिनु भएको छ ।
कृषि विभागले साउन २३ गतेसम्म करिब ९५ प्रतिशत धान रोपाइ सम्पन्न भएको जनाएको छ । कृषि विभागले प्रदेशसँगको समन्वयमा तयार पारेको प्रतिवेदनमा साउन १६ देखि २३ गतेसम्मको अवधिमा करिब ९५ प्रतिशत धानको रोपाइ सम्पन्न भएको हो ।
गोरखापत्र अनलाइनकाठमाडौं, साउन २३ गते । नेपाली नागरिकताको प्रमाणपत्रमा अपमानजनक शब्द प्रयोग गरिएकोमा गृह मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गृहले सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।‘विभिन्न जिल्लाबाट जारी भएका नेपाली नागरिकताका प्रमाणपत्र जारी गर्दा अपमानजनक शब्द राखी जारी भएको सम्बन्धमा प्रकाशित समाचार, सूचना तथा जानकारीहरुप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’ मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ । अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने र त्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउन गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले भारतका मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको छ । क्यानले सोमबार प्रेश विज्ञप्ती जारी गर्दै प्रभाकरलाई प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको हो ।
जिल्ला भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजले एक आर्थिक वर्षमा एक करोड ९९ लाख रुपियाँ राजस्व संकलन गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीको गस्ती टोलिले जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको पाँच करोड ४४ लाख ५४ हजार ५१२ रुपियाँ बराबरको सामान भन्सार दाखिला गरेकोमा एक करोड ९९ लाख राजस्व असुली भएको छ ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी, जनजातिको सर्वाङ्गीण विकासबाट मात्रै देशको समृद्धि सम्भव हुने बताउनुभएको छ ।
मालीमा आइतबार भएको एक आतङ्ककारी हमलामा परेर चारजना सैनिकको ज्यान गएको छ । यहाँका चारजना सैनिक मारिएका मालीको सैनिक सङ्गठनद्धारा आइतबार प्रकाशन गरिएको विज्ञप्तिमा जनाएको हो ।