• १५ चैत २०८०, बिहिबार

क्रिकेट टोलीको प्रशिक्षकमा प्रभाकर नियुक्त

blog

काठमाडौं, साउन २३ गते । नेपाल क्रिकेट संघ (क्यान) ले भारतका मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको छ । क्यानले सोमबार प्रेश विज्ञप्ती जारी गर्दै प्रभाकरलाई प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको हो ।

हालै टोलीका प्रशिक्षक पुबुदु दसानायकेले राजीनमा दिएपछि नेपाली टोली प्रशिक्षक विहिन बनेको थियो । क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीसँग समन्वय गरेर नयाँ प्रशिक्षक नियुक्त गरेको पनि उल्लेख गरेको छ । प्रभाकर भारतको पूर्व राष्ट्रिय खेलाडी हुनुहुन्छ । उहाँले भारतका लागि २९ टेस्ट र एक सय ३० एकदीवसीय खेल खेल्नुभएको छ ।

अफगानिस्तान टोलीको पूर्व प्रशिक्षक समेत रहनु भएका प्रभाकरले दिल्लीलाई भारतको चर्चित रणजी ट्रफी जिताउनु भएको छ । उहाँले राजस्थान र भारतको उत्तर प्रदेशको प्रशिक्षण समेत सम्हालिसक्नु भएको छ । नेपाली क्रिकेट टोलीको प्रशिक्षक बन्न पाएकोमा प्रभाकरले खुशी ब्यक्त गर्नुभएको पनि क्यानले जनाएको छ । 

आईसीसी विश्व लिग–२ खेलिरहेको नेपालले केन्यसँग पाँच वटा टी–२० र दुई वटा एकदिवसीय सिरिज खेल्नुअघि प्रभाकरलाई प्रशिक्षक नियुक्त गरेको हो । नेपाली टोलीले केन्यासँग यही अगस्ट तेस्रो साता सिरिज खेल्ने तयारी गरेको छ । सिरिजको सम्पूर्ण खर्च केन्या क्रिकेट एसोसिएसनले गर्ने बताईएको छ । नेपाली टोली अगस्ट १७-१८ तारिख केन्या जाने बताईएको छ ।