• १२ वैशाख २०८१, बुधबार

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २३ गते । नेपाली सेनाका प्रधान सेनापति (महारथी) प्रभुराम शर्माले पदोन्नती हुनु भएका आठ जना सेनानीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को साउन १९ गतेको निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी सागर बहादुर थापा र मानार्थ उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी निरज पौडेललाई प्रधान सेनापतिले सोमबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको हो । 

पदोन्नती हुनु भएका उपरथी सागर बहादुर थापा, कार्यरथी विभागको विभागीय प्रमुखमासमेत नियुक्ति हुनु भएको हो । सोही अवसरमा, प्रधान सेनापति महारथी शर्माले सहायक रथी दर्जामा पदोन्नती हुनु भएका तीन जना महा सेनानीहरु र महा सेनानी दर्जामा पदोन्नती हुनु भएका पाँच जना प्रमुख सेनानीहरुलाई पदोन्नती दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।