• ५ साउन २०८१, शनिबार

राष्ट्रियसभा बैठक सुरु

blog

फाइल तस्बिर

काठमाडौं, साउन २३ गते । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभा बैठक सुरु भएको छ ।

नयाँबानेश्वरस्थित संसद् भवनमा सोमबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुहुनेछ ।

त्यस्तै, अध्यक्षले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १४९ बमोजिम विषयगत समितिमा रहुनुहुने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्नुहुनेछ ।

सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न प्रतिवेदन सभासमक्ष पेश गर्नुहुने कार्यसूची रहेको जानकारी दिनुभयो ।

कार्यसूची अनुसार गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘‘कारागार विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।