• ५ साउन २०८१, शनिबार

कांग्रेस शीर्ष नेताको बैठक बालुवाटारमा जारी

blog

काठमाडौं, साउन २३ गते । सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक जारी रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा पार्टीको आन्तरिक विषयलगायत प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे छलफल भइरहेको छ।