• ५ साउन २०८१, शनिबार

थप तीन जनामा हैजा पुष्टि, सङ्क्रमितको सङ्ख्या ४२ पुग्यो

blog

काठमाडौं, साउन २३ गते । काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार गरिएको परीक्षणमा थप तीन जनामा हैजा पुष्टि भएको हो । योसँगै उपत्यमामा हैजा पुष्टि हुनेको सङ्ख्या ४२ पुगेको छ ।

सङ्क्रमित तीन जनाको अस्पतालमा उपचारत भइरहेको मन्त्राललये जनाएको छ । असार २ गते पहिलो पटक काठमाडौंमा हैजा पुष्टि भएको थियो । हैजा पुष्टि भएकामध्ये १८ महिला र २४ पुरुष रहेका छन् ।

हैजा पुष्टि हुनेमा सबैभन्दा बढी १५ देखि २४ वर्ष उमेर समूहका छन् । सो उमेर समूहका १० जनामा हैजा पुष्टि भएको हो । पाँच वर्ष मुनिका तीन जनामा हैजा पुष्टि भएको छ । पहिलो केसको घर र कार्यस्थलबाट भण्डारण गरिएको धाराको पानी, जारको पानी र जमिनमुनिको पानीको चार नमुनामा दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएको थियो ।

भिब्रियो नामक ब्याक्टेरियाले मानिसको सानो आन्द्रामा सङ्क्रमण गरेर झाडापखाला लाग्ने चिकित्सक बताउछन् । 

पानी उमालेर पिउने, बासी फोहोर पानी खानेकुरा नखाने, सरसफाईमा ध्यान दिने, दिसा, पिसाब गरेपछि राम्रोसँग मिचिमिचि साबुनपानीले हातखुट्टा धुने, जथाभावी नछुने गर्दा हैजा लाग्नबाट बच्न सकिने चिकित्सक बताउँछन् ।