• १२ वैशाख २०८१, बुधबार

गाडीका नम्बर प्लेट देखिने सिसि क्यामरा जडान

blog

अर्जुन काफ्ले

स्याङ्जा, साउन २३ गते । ट्राफिक कार्यालय स्याङ्जाले राजमार्गमा गुड्ने सवारी साधनका नम्बर प्लेट देखिनेगरी सिसि क्यामरा जडान गरेको छ । कार्यालय भित्रको एउटा कक्षमा बसेर वीपी चोक, सहिदचोक, बाडखोला चोक र ट्राफिक चोकका गतिबिधि सजिलै नियाल्न सकिएको ट्राफिक प्रमुख मिनबहादुर कुवँरले बताउनुभयो । 

दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले ट्राफिक कार्यालयलाई स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले ३२ इन्चको डिस्प्ले बोर्ड सहित वेभ क्यामरा उपलब्ध गराएको हो । सिसि क्यामरा जडान ट्राफिक प्रहरीलाई सुक्ष्म अनुसन्धानमा सहज हुने देखिएको छ ।  पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्गको स्याङ्जा खण्डमा धेरै घुम्ति र साँगुरो रहेको र दैनिक ३ देखि ४ सय वटा सवारी साधन दैनिक गुड्ने गरेका छन् । 

उच्च प्रबिधि सहितको सिसि क्यामरा जडान गरेर ट्राफिक कार्यालय स्याङ्जाले अघिल्लो एक हप्ताबाट अनुगमन गरेको हो ।कुनै सवारी साधन कति वेला आए र गए, कहाँ के भयो, कुन नम्बरको गाडी हो भनेर पत्ता लगाउन सहज बनेको कुवँरले बताउनुभयो । 

यात्राका क्रममा यात्रुका छुटेका सामान पाउनका लागि सजिलो बनेको बताउदै कुवँरले मोवाइल, पर्स, छाता, झोला जस्ता दर्जन भन्दा बढी सामानहरु पत्ता लगाई सम्बन्धित ब्यक्तिलाई बुझाएको बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालयमा रहेका १४ स्थानका राखिएका सिसि क्यामरा मध्ये केहीको मर्मतका लागि पनि जिल्ला उद्योग वाणिज्य संघले सहयोग गरेको छ । बस तथा मोटर गाडीका नम्बर प्लेट सजिलै देखिएको बताउदै उद्योग वाणिज्य संघका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले अव, स्कुटर र मोटरसाइकलको समेत देखिनेगरी क्वालिटी युक्त क्यामराका लागि पनि सहयोग गर्ने बताउनुभयो ।