• १३ असोज २०८१, आइतबार

संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गर्न सांसद बेल्बासेको माग

blog

काठमाडौं, साउन २३ गते । नेकपा (माओवादी केन्द्र)का सांसद गंगाकुमारी बेल्बासेले संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

सांसद बेल्बासेले राष्ट्रियसभाका उपाध्यक्ष समेत सदस्य रहने गरी संवैधानिक परिषद सात सदस्यीय बनाउन सरकारसँग माग गर्नुभएको हो ।

संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र उपसभामुख गरी ६ सदस्यीय संवैधानिक परिषद रहेको छ ।

सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्नुहुँदै सांसद बेल्बासेले संविधान संशोधन गरी त्यसलाई सात सदस्यीय बनाउन उपयुक्त हुने तर्क गर्नुभयो ।

संवैधानिक परिषद्सम्बन्धि विधेयक सभामा छलफल भइरहेको उल्लेख गर्दै उहाँले त्यसमा सो व्यवस्था गर्न सबै सांसदहरुको ध्यानाकर्षण समेत गराउनुभयो ।

संवैधानिक परिषद्लाई आफ्नो काम सहज ढङ्गले अघि बढाउन सात सदस्यीय बनाउन उपयुक्त हुने दाबी सांसद बेल्बासेको छ ।