• १५ चैत २०८०, बिहिबार

पूर्वाधार कार्यालय प्रमुखसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा दायर

blog

गोरखापत्र अनलाइन
काठमाडौं, साउन २३ गते ।
पूर्वाधार विकास कार्यालय, रौतटहका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर शिवजीप्रसाद रायसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सोमबार विशेष अदालत काठमाडौंमा प्रमुख रायसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार रायसहित इन्जिनियर रामकिशोर शाह, सव–इन्जिनियर प्रेमचन्द्र झा, लेखा अधिकृत महम्मद दाउद सडक मर्म तथा ग्राभेल निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष राजकुमार महतोविरुद्ध १६ लाख ५९ हजार ९७२ रुपियाँ भ्रष्टाचार गरेको आरोप लागेको छ ।

आयोगले प्रमुख राय, साह र झाले आर्थिक वर्ष २०७५/७६ कम रामवन गोटदेखि मलघट्टा हुँदै स्वीकृत गरी भुक्तानीसमेत दिई भ्रष्टाचार गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, लेखा अधिकृत दाउदले ग्राभेल गर्ने कार्य मेसिनको दररेट सम्झौता शर्त अनुसार मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र प्राप्त गरेका व्यक्ति, फर्म, संस्था वा कम्पनीबाट खरिद गर्नुपर्नेमा सो अनुसार नगराई बिल विजकसमेत जारी गर्न नलगाई भरपाईको भरमा सबै रकम भुक्तानी दिएको आरोप लागेको छ । यसो गर्दा, कर राजस्व चार लाख ९७ हजार ५६६ रुपियाँ चुहावट गरेको देखिएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ खण्ड (क) बमोजिम सो को दोब्बर रकम अर्थात् नौ लाख ९५ हजार १३२ रुपियाँ जरिवानाको मागदाबी गरिएको आयोगले जनाएको छ ।

यसैगरी, उपभोक्ता समितिका अध्यक्ष महतोले रामवन गोटदेखि मलघट्टा हुँदै महिनाथपुर नहरसम्म ग्राभेल स्तरको सडक निर्माण गर्ने क्रममा गलत नापी किताब र भुक्तानी बिल तयार गर्न लगाई गैरकानुनी लाभ लिएको आरोप लागेको छ । आरोपित महतोलाई पनि ऐनमा उल्लेख भए अनुसार सजाय हुनुपर्ने मागदाबी गरिएको छ ।