• १२ वैशाख २०८१, बुधबार

नयाँ तीज गीत 'भेलु बाजे डान्स' सार्वजनिक

blog

काठमाडौं, साउन २३ गते । लोकप्रिय गायिका प्रिती आले र गायक राजेश बर्देवाको नयाँ तीज गीत 'भेलु बाजे डान्स' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रतिभा शर्माको शब्द, प्रिय कुमारको संगीत र केशब बाबुको एरेन्ज रहेको छ ।

गायिका प्रिती आले र लोकप्रिय गायक राजेश बर्देवाको सहकार्यमा तयार भएको सार्वजनिक म्यूजिक भिडियोलाई  गायिका प्रिती आलेले नै निर्देशन गर्नुभएको हो । यस्तै, दुर्गा पौडेलले छायांकन गर्नुभएको भिडियोलाई  नबिन घर्ति मगरले सम्पादन गर्नुभएको छ । भिडियोमा प्रिती आले र राजेश बर्देवा लगायत अन्य कलाकारहरुलाई फिचर्ड गरिएको छ ।