• १५ चैत २०८०, बिहिबार

भारतमा एक दिनमा १६ हजारभन्दा बढी सङ्क्रमित

blog

फाइल तस्बिर

नयाँदिल्ली, साउन २३ गते । भारतमा कोरोना भाइरसबाट एक दिनमा थप १६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार १६७ नयाँ सङ्क्रमित भएका हुन् ।

यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४१ लाख ६१ हजार ८९९ सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ । भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ३६ हजार ५१० रहेको छ ।

यहाँ कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म पाँच लाख २६ हजार ७३० व्यक्तिको मृत्यु भईसकेको छ ।

भारतमा आइतबार एक दिनमा १५ हजार ५४९ जना कोरोना मुक्त भएका छन् ।  यसैसँगै कूल चार करोड ३४ लाख ९९ हजार छ सय ५९ जना कोरोना मुक्त भएका छन्  । 

एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म दुई अर्ब छ करोड ५६ लाख ५४ हजार ७४१  मात्रा खोप लगाइएको छ ।

भारतमा कोरोना शुरु भएबाट हालसमम ८७ करोड ८० लाख भन्दा बढी व्यक्तिको कारोना भाइरस परीक्षण भएको जनाइएको छ ।  रासस/सिन्ह्वा