भौगोलिक रूपमा विकट मानिने सर्लाहीको उत्तरी चुरे भेगमा पछिल्लो समय चिटिक्क परेका घर निर्माण हुन थालेका छन्। आधुनिकताले गाउँसम्म छुन थालेपछि स्थानीयको रहनसहन र बसाइँमा निकै परिवर्तन आउन थालेको छ। केही वर्षअघिसम्म स–साना झुपडी मात्रै देखिने चुरे भेगमा अहिले भने धमाधम चिटिक्क परेका घर बन्न थालेका हुन्। चुरे भेगसँग जोडिने जिल्लाको बागमती, हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिकाका डाँडा–पाखामा बस्तीमा दर्जनौँ पक्की घरसमेत बनिसकेका छन्। “विगत दुई/चार वर्षभित्र यहाँको अवस्था धेरै नै फेरिएको छ,” चुरे भेगस्थित लालबन्दी नगरपालिका–१५, माथिल्लो देउरालीका नरहरि रायले भन्नुभयो, “धेरैले पक्की घर बनाइसके, पक्की नहुनेले पनि टायलको छानो हालेर काठ पातकै चिटिक्क परेका घर
पूर्वी नवलपरासी देवचुलीको दुम्कौलीमा रहेको शाश्वतधाममा आउने भक्तजनको सङ्ख्या दिनहुँ बढ्दो छ । खासगरी पशुपतिनाथ र मुक्तिनाथ दर्शनका लागि आउने भारतीय धर्मावलम्बीको मुख्य रोजाइमा शाश्वतधाम पर्ने गरेको छ ।
वरिपरि गोठै गोठको छरछिमेक। चारैतिर हरियाली तथा मडारिएको कुहिरो। चरीको चिरबिर आवाज, गोठालाहरूले बजाउने बाँसुरीको सुरिलो धुन। गाईभैँसी, भेडा/बाख्रा र घोडा/खच्चड चरनमा सराबरी। एउटा छुट्टै समाज, एउटा पृथक संस्कार। मानव समाजको इतिहास हराइसकेको आदिम मानवहरूको यायावर (फिरन्ते) जीवनजस्तो लाग्ने फरकपन। विश्व आधुनिक पुँजीवादी युगमा प्रवेश गरेको छ तर यहाँका अधिकांश मानिस पुरानै पेसामा रहेका छन्। मौसमअनुसार पशुचौपायलाई लेक/बेँसी गराउँछन् र जहाँ चरिचरण धेरै छ, त्यहीँ पुगेर बस्तुभाउ चराउँछन्। लुम्बिनी प्रदेशकै एक मात्र हिमाली जिल्ला रुकुमपूर्वको जनजीवन सकसभित्र हर्षका भाव अनुभूति गरी यसरी नै चलिरहेको छ।
कपुरकोट बजार पहिरोको जोखिममा परेको छ। खारा पहिरोका कारण कपुरकोट गाउँपालिका–३ को कपुरकोट बजार र राप्ती लोकमार्ग बर्सेनि भासिँदै गएका छन्। पहिरोका कारण कपुरकोट बजारका चार दर्जनभन्दा बढी घरधुरी अति जोखिममा रहेका छन्। कपुरकोट गाउँपालिका–२, कपुरकोटका केशव शर्माले दिनप्रतिदिन जमिन भासिँदै गएपछि स्थानीयवासी त्रसित भएको बताउनुभयो।
बैतडीका छवटा स्थानीय तहका पदाधिकारीले एक वर्षमा तीन करोड रुपियाँ बराबरको खाना खाएका छन् । नियमअनुसार पाउने सेवा सुविधा बुझेर पनि थप तीन करोड रुपियाँ बराबरको खाना खाएर नियमविपरीत खर्च गरेको पाइएको छ ।
आदर्श गाउँपालिका–१, बाहुनटाँकका नवीन खड्का कक्षा ३ मा पढ्छन् । अरू दिन विद्यालय गए पनि शनिबारको बिहान ७ बजे पढाइ शिविरमा सहभागी बन्छन् । पढाइ शिविरमा सहभागी हुनुअघि पढाइमा मन नलगाउने, बोल्न लजाउने नवीन विद्यालयबाट फर्केपछि बिदाको समय गाउँघर डुलेरै बिताउँथे । नवीनकी आमा कल्पनाका अनुसार उनी अहिले निरन्तर विद्यालय जान्छन् । पढ्न रुचाउँछन् । निर्धक्क बोल्न र प्रश्नको जवाफ दिन्छन् । घरको पढाइ कुनामा आफूले बनाएका चित्र र पुस्तक जतन गरी राख्छन् ।
काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले आगामी पाँच वर्षभित्र गाउँपालिकाका सबै घरधुरीमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् उपलब्ध गराउने बताउनुभएको छ । उहाँका अनुसार हाल गाउँपालिकाको वडा नम्बर ५ मा रहेका करिब ५० घरधुरीले मात्रै राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् प्रयोग गर्दै आएका छन् ।
भरतपुर केन्द्रीय अस्पतालले एक वर्षमा सामाजिक सेवा एकाइमार्फत नौ हजारभन्दा बढी जनाले निःशुल्क उपचार सेवा पाएका छन्। भरतपुर अस्पतालका सूचना अधिकारी पौडेलले गत आर्थिक वर्ष २०७८/७९ मा अस्पतालबाट नौ हजार ५२९ विपन्न नागरिकले उपचार सेवा पाएको जानकारी दिनुभयो। उहाँले विपन्न, गरिब तथा आकस्मिक उपचारमा आएका बिरामीका लागि तीन करोड रुपियाँभन्दा धेरै खर्च भएको बताउनुभयो।
करिब ६ महिनादेखि अलपत्र रहेको प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमा समितिको प्रक्रिया छिटो अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटाले सदस्यहरूलाई आग्रह गर्नुभएको छ। सिफारिस समितिको बैठक सहजीकरणका लागि सभामुख सापकोटाले बुधबार बैठक बोलाउनुभएको थियो। बैठकमा सापकोटाले छानबिन प्रक्रियालाई चाँडो अघि बढाउन आग्रह गर्नुभएको हो। प्रमुख विपक्षी दल नेकपा (एमाले)ले भने ६ महिनासम्म अलपत्र प्रस्ताव कार्यकालको अन्तिम समयमा समितिमा पठाइनुको औचित्य सभामुखसँग सोधेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मुलुकमा सुशासन कायम गर्ने सबैको दायित्व रहेको बताउँदै उजुरी नपर्ने गरी कार्य सम्पादन गर्न सरकारका सचिवहरूलाई निर्देशन दिनुभएको छ । सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कार्यहरूको प्रभावकारिता सम्बन्धमा सरकारका सचिव तथा विभागीय प्रमुखसँग आयोगद्वारा राजधानीमा आयोजित दुईदिने अन्तक्रियामा प्रमुख आयुक्त राईले अनुगमन र मूल्याङ्कनका क्रममा देखिएका समस्या तत्कालै समाधान गरे मात्र आयोगमा पर्ने उजुरीको सङ्ख्यामा कमी आउने बताउनुभयो ।
कुनै पनि मुलुकको आर्थिक उन्नतिका लागि पूर्वाधार विकास अति महत्वपूर्ण हुन्छ। पूर्वाधार निर्माण सजिलो काम होइन र यो सस्तो पनि हुँदैन। सडक, पुल, विमानस्थल, विद्युत्, खानेपानी, सिँचाइका पूर्वाधारमा ठूलो लगानी आवश्यक पर्छ। लगानी दुर्लभ साधन हो। विकास अर्थशास्त्रले प्रतिफल बिनाको लगानी गर्न नहुने कुरामा जोड दिन्छ। प्रतिफल बिनाको लगानीकै कारण श्रीलङ्काको अर्थतन्त्र अहिले टाट पल्टिएको छ। लगानी गर्ने साधनको साँवा तथा ब्याज बुझाइरहनु पर्ने तर पूर्वाधारले प्रतिफल दिन नसक्ने हो भने त्यसले समस्या निम्त्याउँछ। पूर्वाधारले त थप लगानी तान्न सक्नुपर्छ, थप रोजगारी सिर्जना गर्नुपर्छ। उत्पादन र आयआर्जन बढाउँदै गरिएको लगानीले अर्थतन्त्रमा नयाँ क्रियाशीलता ल्याउनु आवश्यक हुन्छ।
नागरिकले राजनीतिमा युवाको बाहुल्य चाहेको छ। राजनीतिको नेतृत्वसम्म आइपुग्न युवालाई कस्ता चुनौती छन् भन्ने विषयमा बहस गर्न भने कोही तयार छैनन्। राजनीतिक नेतृत्व आफँैमा असल कामको श्रेय र खराब कामको अपनत्व लिन सक्ने चुनौतीपूर्ण जिम्मेवारी हो । त्यस्ता चुनौतीपूर्ण जिम्मेवारी हासिल गरी उपलब्धिमूलक कार्यसम्पादन गर्न सक्ने काविल युवा राजनीतिमा कसरी प्रवेश गर्न सक्छन् भन्ने चासो र चिन्ता सर्वव्यापी छ।
केही दिनअघि माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल सार्वजनिक गरिएको छ। यति बेला विद्यार्थी आफ्नो भविष्य निर्माणको निर्णायक बिन्दुमा छन् अर्थात् कुन विषय रोज्ने र के बन्ने भन्ने मार्ग खोजिरहेका छन्। अभिभावक पनि यसैको खोजीमा छन् यति बेला। त्यसैले यो बेला सन्तान र अभिभावकका लागि उपयुक्त मार्ग छनोट गर्ने बेला हो। यदि सही मार्ग पहिचान गर्न सकेनन् भने बाँकी जीवनको यात्रा सहज नहुन सक्छ साथसाथै समय र स्रोत दुवै खेर जान सक्छ। त्यसैले यो समयमा केही कुरामा विवेकपूर्ण निर्णय गर्नुपर्ने हुन्छ।
प्यालेस्टाइन इस्लामिक जिहादका दुई नेता खालेद मन्सुर र तेसिर जाबेरी इजरायली सेनाको हवाई आक्रमणमा गाजा क्षेत्रमा मारिएसँगै इजरायल र प्यालेस्टाइनबीचको विवादले चरम हिंसाको रूप लियो। दुवैतर्फ एक–अर्काविरुद्ध आक्रमण भयो। इजरायलले सशक्त हवाई कारबाहीलाई अगाडि बढायो। प्रतिकार स्वरूप इस्लामिक जियादले इजरायलविरुद्ध रकेट आक्रमण ग-यो। इजरायलतर्फ खासै क्षति भएको छैन। गाजामा भने मानवीय र भौतिक क्षति भयो। १५ बालबालिकासहित ४४ जना मारिए भने तीन सयभन्दा बढी घाइते भए। इजरायली अधिकारीले ‘ब्रेकिङ डन’ नाम दिइएको यो सैनिक कारबाही प्रभावकारी भएको दाबी गरेका छन्।
बेलायती विधिशास्त्री जेरेमी बेन्थम (१७४८–१८३२) ले सर्वप्रथम सन् १७८९ मा प्रकाशित ‘एन इन्टरडोक्सन टु द प्रिन्सिपल अफ मोरल्स एन्ड लिजिस्लेसन’ भन्ने पुस्तकमा अन्तर्राष्ट्रिय कानुन भन्ने पदावलीलाई सार्वजनिक प्रचलनमा ल्याए। जर्मनका प्राध्यापक लिजा फ्रेन्सिस लरेन्स ओपनह्याम (१८५९–१९१९) ले अन्तर्राष्ट्रिय कानुनलाई मुलुकहरूका प्रथा र कानुनबाट सञ्चालित नियम जसलाई सभ्य मुलुकहरूले एकअर्कामा लागू गर्दै आएका छन् भनी व्याख्या गरेका छन्। अन्तर्राष्ट्रिय कानुनमा मुलुकको सार्वभौम अधिकारलाई उच्च महत्त्व दिइन्छ।