सोलुदूधकुण्ड नगरपालिका–२ र ३ नम्बर क्षेत्रमा निर्माणाधिन बेनी हाइड्रोपावर आयोजनाकोे सामग्री चोरी गरेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ ।
सुनको मूल्य बुधबारको तुलनामा पाँच सयले घटेको छ । नेपाल सुनचाँदी महासङ्घका अनुसार विहीबार छापावाला सुनको मुल्य प्रतितोला मुल्य ९६ हजार छ सयमा झरेको छ ।
बारा प्रहरीले १५० भन्दा बढी मोटरसाइकल चोरी गरी विक्री गर्ने चोरी गर्ने समुहकै नाइके वृजमोहन साह सोनारलाई पक्राउ गरेको छ । प्रहरीले उनी सहित ६ जनालाई पक्राउ गरेको छ ।
साधना पन्त ‘प्रतीक्षा’को समकालीन नेपाली नारी आख्यानमा पहिचान र विद्रोह कुल छवटा परिच्छेदमा संरचित अनुसन्धानात्मक सामग्री हो । यस पुस्तकको पहिलो परिच्छेद मानव समाजमा नारीको स्थान, त्यसको प्राचीनदेखि आधुनिक (वर्तमान) समयसम्मका प्रतिनिधि व्यवहार एवं दृष्टिकोण निर्माणमा निर्णायक मानिएका सामाजिक अभ्यास तथा अध्ययन, तिनलाई सैद्वान्तिकीकरण गर्ने आधारको समीचिन विश्लेषणमा केन्द्रित छ । समालोचनामा नारीवादी
बिहानको ६ बजे नै रेडियोका लागि मोटरसाइकलमा हेटौँडा बजार निस्केँ । एउटा सानो बाबु सबैसँग आफ्नो हात फैलाउँदै पैसा मागिरहेको थियो । कसैले पैसा झिकेर दिन्थे त कोही नबोली हिँडथे । त्यो सानो बाबु मेरो नजिक पनि आइपुग्यो । मसँग पनि पैसा माग्यो । उसको नम्र बोली, मलिन अनुहार देखेर मलाई पनि माया लाग्यो । मैले पनि थोरै पैसा उसको हातमा दिएँ । मलाई लाग्यो, यति सानो बाबुले किन पैसा माग्दै हिँडेको होला । मनमनै सोचेँ । उसलाई बेलाएर केही सोधु सोधु लाग्यो र बोलाएँ । बाबु यो पैसा जथाभावी खर्च नगर है ।
कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको जनाएको छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ खेल सञ्चालन पोखरामा नै गर्दा उपयुक्त हुने सुझाव दिइएको छ। पोखरा रङ्गशालामा आयोजित छलफल कार्यक्रममा प्याराग्लाइडिङका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले सुरक्षासहित अन्य कारणले गर्दा पोखराभन्दा अन्यत्र उक्त प्रतियोगिता सञ्चालन गर्न मनासिब नभएको निष्कर्ष निकालिएको छ।
मदन पुरस्कार २०७८ का लागि आठवटा पुस्तक छानिएका छन्। मदन पुरस्कार गुठीले सोमबार २९९ पुस्तकमध्ये आठ पुस्तकको सूची सार्वजनिक गरेको छ। सूचीमा नवराज लम्सालको अग्नि, दामोदर पुडासैनी ‘किशोर’को ‘गृष्मको नीलो बतास’, वसन्त बस्नेतको ‘महाभारा’, दीपा मेवाहाङ राईको ‘यादको सन्दुक’, नयनाथ पौडेलको ‘लिच्छवि लिपि’, नीलमणि ढुङ्गानाको ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सतीस् इतिहास र मीमांसा’ र पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’ छन्। यीमध्ये एकलाई २०७८ को मदन पुरस्कार दिइनेछ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खाडी तथा मलेसियामा नयाँ काउन्सिलर श्रम र श्रम सहचारीको आवेदन खुला गरेको छ । मन्त्रालयले कतारको दोहा, मलेसियाको क्वालालम्पुर, दक्षिण कोरियाको सियोलमा राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवलाई काउन्सिलर श्रम र मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबी, साउदी अरेबियाको जेद्दा र ओमनको स्कटमा राजपत्राङ्कित द्वितीय श्रेणीका शाखा अधिकृतलाई श्रम सहचारी नियुक्त गर्ने गरेको छ ।
गुल्मीमा कोरोना संक्रमण तिब्र रुपमा फैलिन थालेको छ । बुधबार मात्रै गुल्मी जिल्लामा ३३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिनुभयो । बुधबार ७७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ३३ जनामा संक्रमण पुष्टि भएको हो । यो सङगै जिल्लामा कुल सक्रिय संकमितको संख्या ११२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
पोखरामा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी उच्च शिक्षा सञ्चालनका लागि ठाउँको खोजी सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको नेतृत्वमा गएको टोलीले पोखरामा कलेजका लागि उपयुक्त विभिन्न ठाउँको बुधबार अवलोकन गरेको हो । सो अवसरमा मन्त्री श्रेष्ठले चालू आर्थिक वर्षभित्रै पोखरामा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको शाखा विस्तार गरिने जानकारी दिनुभयो । पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न मानव संसाधन विकासलाई आफूले प्राथमिकतामा राखेको श्रेष्ठले बताउनुभयो ।
सानिमा बैङ्कले विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बाट दुई अर्ब ५४ करोड रुपियाँ (दुई करोड डलर) विदेशी ऋण प्राप्त गरेको छ । तरलता अभाव बढेपछि बैङ्कले आईएफसीसँग सम्झौता गरी विदेशी ऋण ल्याउने प्रयास अघि बढाएको थियो । यसरी प्राप्त ऋण बैङ्कले साना तथा मmभौला व्यवसायमा कर्जा प्रवाह गर्न उपयोग गर्ने जनाएको छ । आईएफसीबाट प्राप्त ऋणले तरलताको असहज परिस्थितिमा कर्जा प्रवाहका लागि सहजता हुने बैङ्कका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बताउनुभयो ।
सरकारका नियमनकारी निकायले पहिलो पटक बुुधबार एउटै समयमा एकैसाथ आआफ्नो क्षेत्रमा बजार अनुगमन गरेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र यस मातहतका कार्यालय, देशभरका ७७ वटा जिल्ला प्रशासन कार्यालय र स्थानीय पालिकाले एकैसाथ बजार अनुगमन गरेका हुन् ।