• ७ वैशाख २०८१, शुक्रबार

श्रम सहचारीको आवेदन खुला

blog

काठमाडौँ, साउन २६ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खाडी तथा मलेसियामा नयाँ काउन्सिलर श्रम र श्रम सहचारीको आवेदन खुला गरेको छ । 

मन्त्रालयले कतारको दोहा, मलेसियाको क्वालालम्पुर, दक्षिण कोरियाको सियोलमा राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवलाई काउन्सिलर श्रम र मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबी, साउदी अरेबियाको जेद्दा र ओमनको स्कटमा राजपत्राङ्कित द्वितीय श्रेणीका शाखा अधिकृतलाई श्रम सहचारी नियुक्त गर्ने गरेको छ । 

मन्त्रालयका अनुसार योग्यता पुगेका इच्छुक कर्मचारीले यही साउन २० देखि ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदनपछि प्रस्तुतीकरण तथा अन्य प्रयोगात्मक परीक्षा गरिने मन्त्रालयले जनाएको छ ।