• ७ वैशाख २०८१, शुक्रबार

मदन पुरस्कारका लागि छानिए आठ पुस्तक

blog

काठमाडौँ, साउन २६ गते । मदन पुरस्कार २०७८ का लागि आठवटा पुस्तक छानिएका छन्। मदन पुरस्कार गुठीले सोमबार २९९ पुस्तकमध्ये आठ पुस्तकको सूची सार्वजनिक गरेको छ। सूचीमा नवराज लम्सालको अग्नि, दामोदर पुडासैनी ‘किशोर’को ‘गृष्मको नीलो बतास’, वसन्त बस्नेतको ‘महाभारा’, दीपा मेवाहाङ राईको ‘यादको सन्दुक’, नयनाथ पौडेलको ‘लिच्छवि लिपि’, नीलमणि ढुङ्गानाको ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सतीस् इतिहास र मीमांसा’ र पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’ छन्। यीमध्ये एकलाई २०७८ को मदन पुरस्कार दिइनेछ।

‘मदन पुरस्कार’ एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरूमध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो। ‘मदन पुरस्कार’ स्थापना हुने घोषणा सवर्प्रथम २०१२ साल असोज १० गते भएको थियो। २०१३ सालमा पहिलो पटक ‘हाम्रो लोक संस्कृति’का लागि सत्यमोहन जोशी, ‘जनरल भीमसेन थापा’का लागि चित्तरञ्जन नेपाली तथा ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’का लागि बलराम जोशीले ‘मदन पुरस्कार’ प्राप्त गर्नुभएको थियो।