कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा एक हजार शैयाको सुविधा सम्पन्न होल्डिङ सेन्टर तयार भए पनि सञ्चालनमा अन्योलता देखिएको छ ।
संविधान जारी भएको करिब सात वर्षपछि सङ्घीय संसद्ले शपथसम्बन्धी विधेयक पारित गरेको छ । संविधानले सार्वजनिक पद धारण गरेका व्यक्तिले कार्यभार सम्हाल्नुअघि पद तथा गोपनीयताको शपथ लिने व्यवस्था गरेको छ । तर, लामो समयदेखि कानुनविहीन रूपमा शपथ हुँदै आएको थियो ।
वन तथा वातावरणमन्त्री प्रदीप यादवले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट सुनिश्चित भएपछि मात्रै रूख कटानको अनुमति दिइने बताउनुभएको छ । सामुदायिक वन दिवसका अवसरमा वन तथा भूसंरक्षण विभागद्वारा बुधबार आयोजित राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा बोल्दै उहाँले विमानस्थल निर्माणका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली नगराएरसम्म रूख काट्न नदिने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “मुआब्जा पाइसकेको जमिन खाली गरियोस् । विमानस्थल निर्माणका लागि आवश्यक पर्ने रुख कटान गर्न मन्त्रालय अनुमति दिन तयार छ ।”
बिहान घाम लागे पनि दिउँसोदेखि पहाडी भूभाग र अन्य भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
मोरङको कानेपोखरी गाउँपालिकाले गाउँपालिकाभित्रका सबै सरकारी विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पढाउने भएको छ। गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘निःशुल्क शिक्षा कानेपोखरी गाउँपालिकाको इच्छा’ कार्यक्रम ल्याएको थियो।
सुनसरीको रामधुनी नगरपालिका–७ को पञ्चायत माध्यमिक विद्यालय कुमरखतमा कक्षा १० मा अध्ययनरत सुनिचा चौधरी महिनावारीको समयमा दुई वर्षअघिसम्म घरमै बस्नुहुन्थ्यो। दुईदेखि तीन दिनसम्म विद्यालयका कक्षा छोड्नुपर्ने बाध्यता पनि थियो। महिनावारीको समयमा हुने अप्ठ्यारोका कारण यस्तो बाध्यता भएकाले रामधुनी नगरपालिकाको समन्वय र प्लान इन्टरनेसनल नेपालको सहयोगमा ग्रामीण समाज उत्थान केन्द्र सुनसरीले सिकाइ परियोजनाअन्तर्गत यस विद्यालयमा महिनावारी आराम कक्षको व्यवस्था भयो। त्यसपछि चौधरीसहित कक्षा ६ देखि १० कक्षासम्मका किशोरीलाई विद्यालयमा सञ्चालनमा आएको महिनावारी आराम कक्षले सहज भएको विद्यालयका प्रधानाध्यापक शङ्कर लुइटेलले जानकारी दिनुभयो।
रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ तराई-मधेस द्रुतमार्ग सडक आयोजना यथाशक्य चाँडो निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ।
काठमाडौँ, साउन २५ गते। यो वर्षको दाहाल यज्ञनिधि ‘जदौ’ पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख आविष्कारक महावीर पुनलाई प्रदान गरिने भएको छ। बुधबार साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको चौंथो श्रद्धाञ्जली सभामा उहाँको नाममा स्थापना भएको पुरस्कार पहिलो पटक महावीर पुनलाई प्रदान गर्ने घोषणा भएको हो। पुरस्कारको राशी एक लाख ५० हजार रूपैयाँ रहेको दाहाल यज्ञनिधि सुधा सदनका सचिव ठाकुर बेल्बासेले जानकारी दिनुभयो। पुन देश बाहिर रहनुभएकाले उक्त पुरस्कार भदौ ४ गते शनिबार राजधानीमा विशेष कार्यक्रम गरेर प्रदान गरिनेछ। दाहालको नाममा यसै वर्ष काठमाडौँ जिल्ला प्रशासनमा ‘दाहाल यज्ञनिधि सुधा सदन’ नामक संस्था दर्ता भएको हो। संस्थाको अक्षयकोशमा ५१ लाख रूपैयाँ राखिएको छ। अक्षयकोशको व्याजबाट दाहालका कृति प्रकाशन, स्मृतिग्रन्थ प्रकाशन, शिक्षा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने विशिष्ट प्रतिभालाई सम्मान गरिने संस्थाका उपाध्यक्ष डा. रमेश शुभेच्छुले जानकारी दिनुभयो। त्यस्तै दाहाल यज्ञनिधिले लामो समय शिक्षण गर्नुभएको दरबार हाइस्कुलमा पढ्ने कक्षा ८ का छात्रछात्रामध्ये नेपाली विषयमा उत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रालाई २० हजार पुरस्कार प्रत्येक वर्ष संयुक्त रूपमा दिइने निर्णय गरिएको छ। कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न भएको दाहाल यज्ञनिधिको चौंथो श्रद्धाञ्जली सभामा डा. केदार न्यौपाने, डा. रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल, डा. विष्णु राई, लोचन भट्टराई, श्रवण मुकारुङ, प्रह्लाद पोखरेल, धिरेन्द्र प्रेमर्षि, अभय श्रेष्ठ, अनिल पौडेल., गोविन्द नेपाल, सूर्यप्रसाद डुम्रे, डम्बर घिमिरे, प्रकाश सिलवाल, त्रिभुवनचन्द्र वाग्ले, भावकेशर बराल, गोविन्द आचार्य, पारु तिमल्सिना, गीता सापकोटा, मुना बोहोरा, टीका चाम्लिङ, ओमकुमारी बन्जारा, श्रीतेष थापाले कविता वाचन गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि दिवसले यसरी एउटा स्रष्टालाई निरन्तर सम्झनेगरी संस्थाको जन्म भएकोमा खुशी व्यक्त गर्नुभयो। कार्यक्रमको समापन गर्नुहुँदै सदनका अध्यक्ष सुधा दाहालले दाहाल यज्ञनिधिको पसिनाको धनलाई उहाँकै नामको अक्षयकोषमा राखेको जानकारी गराउनुभयो। ‘‘मैले उहाँलाई गुमाए। यो म एक्लो भएको दिन हो। अरु केही गर्न नसकेपछि उहाँको पसिनाको धनलाई उहाँकै नामको अक्षयकोषमा राखेको हो’’, अध्यक्ष दाहालले भन्नुभयो। कार्यक्रममा दाहाल यज्ञनिधिकी आमा कृष्णकुमारी दाहालको समेत उपस्थिति थियो।
ललितकला पत्रकार समाजको नियमित कार्यक्रम ‘कलाका कुरा’मा यस पटक युवा कलाकार राजप्रकाश तुलाधर देखिनुभयो । तीन दशकदेखि परम्परागत पौभा कलामा सक्रिय कलाकार तुलाधरको कला यतिबेला ठमेल स्थित म्युजियम अफ नेपाली आर्ट (मोना म्युजियम)मा संचालित छ ।
काठमाडौं महानगरको आर्थिक वर्ष २०७८/०७९ मा सात अर्ब ३१ करोड ३५ लाख २९ हजार ४४२ रुपियाँ खर्च भएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले देशको सीमानामा काँडेतार नभइ पर्खाल बन्न आवश्यक रहेको बताउनुभएको छ । बुधवार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।
जिल्ला अदालत भक्तपुरको आदेशमा बैंकिङ कसुर मुद्दाका फरार प्रतिबादीलाई जेल चलान गरिएको छ । जेल चलान हुनेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ४४ वर्षीय शिवराज थापा छन् ।
गोरखापत्रका तौलिहवा समाचारदाता नारद कोहार विकास पत्रकारिता पुरस्कार २०७९ बाट नगदसहित सम्मानित हुनुभएको छ । कपिलबस्तु नगरपालिकाले नगरको समग्र विकासमा पत्रकारिताको माध्यमबाट सहयोग गरेकाले उहाँलाई सम्मानित गरेको नगर प्रमुख सुदीप पौडेलले जानकारी दिनुभयो ।
स्थानीय बासिन्दा मिनबहादुर श्रेष्ठका अनुसार १२ वर्षमा खोला फर्किन्छ भन्ने भनाइ अहिले मनोहरा खोलामा लागू भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा ध्यान नदिएको आरोप लगाउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित कृषि वैज्ञानिकहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सो आरोप लगाउनुभएको हो ।