• १३ साउन २०८१, आइतबार

गोरखापत्रकर्मी कोहार सम्मानित

blog

गोरखापत्र अनलाइन

तौलिहवा, साउन २५ गते । गोरखापत्रका तौलिहवा समाचारदाता नारद कोहार विकास पत्रकारिता पुरस्कार २०७९ बाट नगदसहित सम्मानित हुनुभएको छ । कपिलबस्तु नगरपालिकाले नगरको समग्र विकासमा पत्रकारिताको माध्यमबाट सहयोग गरेकाले उहाँलाई सम्मानित गरेको नगर प्रमुख सुदीप पौडेलले जानकारी दिनुभयो । 

पत्रकार कोहार विगत १० वर्षदेखि स्थानीय सञ्चार क्षेत्रमा सक्रिय रहनुभएको थियो । पछिल्लो समय गोरखापत्रको जिल्ला समाचारदाता भएर काम गर्दैआउनुभएको छ ।