सत्तारुढ नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले साथ नदिएको गुनासो गर्नु भएको छ ।
जनार्जन खत्रीसर्लाही, साउन २५ गते। सर्लाहीको हरिवन नगरपालिका-१०, नयाँरोडमा बुधबार दिउँसो कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गस्थित नयाँरोड चोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ७ च ९२२२ नम्बरको कारले विपरीत दिशाबाट जाँदै गरेको ना ३३ प २२९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हरिवन नगरपालिका-११, बस्ने ३८ वर्षीय गुरुप्रसाद ढुङ्गेलको मृत्यु भएको हो। ढुङ्गेललाई हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि वयोधा अस्पताल वीरगन्ज पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। दुर्घटनामा संलग्न कार र कारका चालक काठमाडौंको चन्द्रागिरी नगरपालिका-१, बस्ने ५० वर्षीय रवीन्द्र गिरी प्रहरी नियन्त्रणमा छन्।
ओखलढुङ्गा, खानेपानी तथा सरसफाइ डिभिजन नं. २, मा कार्यरत सबइन्जिनियर रामबाबु यादवको योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको छ ।
प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीले देशमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था नाजुक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ। .
वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलले वातावरण र वन ऐनको संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्नुहुँदै उहाँले सचिव कँडेलले सो कुरा बताउनुभएको हो ।
झापाको वबितामोड नगरपालिकाले सम्पति कर तथा भूमिकर बढाएको भन्दै चौतर्फी विरोध भएपछि पुरानै करलाई यथावत राख्ने निर्णय गरेको छ। जग्गा वर्गीकरण नहुञ्जेलसम्मको लागि यस अघिको आर्थिक वर्षकै करको दरलाई निरन्तरता दिने निर्णय कार्यापालिका बैठकले गरेको हो।
सुन्दर वातावरण हरियाली डाँडाकाँडा पाखापखेराले भरिभराउ पाल्पा अहिले आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनिरहेको छ । सुन्दर डाँडा श्रीनगरले पनि पर्यटक लोभ्याउने काम गरिरहेको छ ।
चार वर्षीया एक बालिकामा यो सङ्क्रमण पाइएको जर्मनीको रोबर्ट कोच इन्स्टिच्युटले सो जानकारी दिएको हो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्ने बताउनुभएको छ । बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्नुहुँदै उहाँले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै नसकिँदा लाभ लिनबाट वञ्चित हुनुपरेको बताउनुभयो ।
काठमाडौंको बालाजु बाइपासस्थित वान वर्ल्ड जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास नजिक रहेको चप्पल जुत्ता कारखानामा बुधबार मध्याह्नदेखि आगलागी भएको थियो ।
कैलालीमा ११ हजार ४३० जना मतदाता थपिएका छन् । निर्वाचन कार्यालयले गत असार १ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको काम थालेको थियो ।
नयाँबानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देशसहितको ‘‘तथ्याङ्क विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
सङ्घीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा बुधबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोराबारे जानकारी गराउनु हुनेछ ।
ओखलढुङ्गा आलु र मासुमा आत्मनिर्भर बन्दैगएको छ । जिल्लाको माथिल्लो क्षेत्रलाई समेटेर आलु र तल्लो भूभागमा बाख्रा जोन कार्यक्रम सञ्चालन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लामा आलु र बाख्रा जोन कार्यक्रम सञ्चालन गरिएको हो ।
स्वास्थ्यमा समस्या भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना हुनुभएको छ । सेती प्रादेशिक अस्पतालमा आज उहाँ भर्ना हुनु भएको हो ।