• २१ असार २०८१, शुक्रबार

सरकारले राम्रो काम गर्दा एमालेले साथ नदिएको सांसद देवको गुनासो

blog

फाइल तस्बिर

काठमाडौं, साउन २५ गते । सत्तारुढ नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले साथ नदिएको गुनासो गर्नुभएको छ ।

बुधबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्नुहुँदै पूर्वमन्त्री समेत रहनुभएका सांसद देवले सो गुनासो गर्नुभएको हो ।

निष्पक्ष ढङ्गले स्थानीय तह निर्वाचन सम्पन्न हुनु, महिला हिंसाविरुद्धको ऐन संशोधान हुनु, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा हुनु, नागरिकतासम्बन्धी ऐन संशोधन हुनु सरकारको ऐतिहासिक काम भए पनि एमालेले साथ नदिएको उहाँको भनाइ छ ।

उहाँले एमालेलाई सरकारप्रति नकारात्मक भाव मात्रै राखेर अघि नबढ्न पनि पटक–पटक आग्रह गर्नुभयो । लोकतन्त्रमा प्रतिपक्ष दल भनेको रचनात्मक हुनुपर्ने उल्लेख गर्दै सांसद देवले सकारात्मक सोच लिएर आउन पनि प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गर्नुभयो ।

सांसद देवले मुख्य राजनीतिक दलहरु अझै पनि एकताबद्ध भएर अघि बढनुपर्ने बेलामा एमालेले राजनीतिक तिक्तता ल्याउने खालको टिप्पणी गरिरहेको आरोप  लगाउनुभयो ।