• २२ वैशाख २०८१, शनिबार

सर्लाहीमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, साउन २५ गते। सर्लाहीको हरिवन नगरपालिका-१०, नयाँरोडमा बुधबार दिउँसो  कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। 

पूर्व-पश्चिम राजमार्गस्थित नयाँरोड चोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ७ च ९२२२ नम्बरको कारले विपरीत दिशाबाट जाँदै गरेको ना ३३ प २२९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हरिवन नगरपालिका-११, बस्ने ३८ वर्षीय गुरुप्रसाद ढुङ्गेलको मृत्यु भएको हो। 

ढुङ्गेललाई हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि वयोधा अस्पताल वीरगन्ज पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। 

दुर्घटनामा संलग्न कार र कारका चालक काठमाडौंको चन्द्रागिरी नगरपालिका-१, बस्ने ५० वर्षीय रवीन्द्र गिरी प्रहरी नियन्त्रणमा छन्।